चितवनकै पहिलो आकाशे पुल रत्ननगरमा, उद्घाटनसँगै संचालन

0

चितवन, माघ ४ । रत्ननगर नगरपालिकामा चितवनकै पहिलो आकाशे पुलको शनिवार उद्घाटन गरिएको छ । नगरप्रमुख नारायण वनले पुलको उद्घाटन गर्नुभएको हो । पूर्व पश्चिम राजमार्गको व्यस्त सडक वारपार गर्न कठिन भईरहदा नगरपालिकाले आकाशे पुल निर्माणको योजना अघि सारेको थियो ।


२०७६ फागुन २ गते सुरु भएको आकाशे पुल निर्माणको काम यहि पौष २२ गते सम्पन्न भएको नगरप्रमुख नारायण वनले जानकारी दिनुभयो । पुलको उद्घाटन गर्दै नगरप्रमुख वनले यो पनि समृद्ध नगर निर्माणकै एक महत्वपूर्ण खुड्कीलो भएको भन्दै अब सडक वारपार गर्नैका लागि पर्खिएर बस्नु नपर्ने र दुर्घटना हुने जोखिम समेत टरेको बताउनुभयो । छिट्टै अन्य ठाउँमा पनि पुल निर्माण गर्न उहाँको भनाई छ ।
२ करोड ३९ लाख ९२ हजार २७० रुपैयाको लागतमा पुल निर्माण सम्पन्न भएको थियो । तर ठेक्का सम्झौता भने २ करोड ४२ लाख १४ हजार ५३३ रुपैयामा भएको थियो । कुल ४२ दशमलव ३ मिटर लामो पुल मुख्य राजमार्गबाट ५ दशमलव ५ मिटरको उचाईमा रहेकोछ ।

रत्ननगर २ टाँडीचोकमा बनाइएको आकाशे पुल उद्घाटन कार्यक्रमको संचालन राजेन्द्र हमाल परियारले गर्नुभएको थियो ।

Share.

Leave A Reply