काग्रेस अहिले जनताको अदालतमा रहेको नेता आचार्यको भनाई

0

चितवन, माघ ४ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व वनमन्त्री महेश आचार्यले संसद विघटनको मुद्दा लिएर कांग्रेस अहिले जनताको अदालमा आएको बताउनुभएको छ ।
देशभर भएको विरोधसभा अन्तर्गत राप्तीको भण्डारामा शनिवार सम्बोधन गर्दै नेता आचार्यले झण्डै संसद विघटन भएसँगै देश गम्भीर मोडमा पुगेको बताउनुभयो । अहिलेको परिस्थिति आउनुमा ओलीलाई मात्रै दोष दिन नमिल्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुदखिनै संविधानको मर्म विपरीतका गतिविधि गर्दै आउँदा काँग्रेसले गरेको खवरदारीमा चासो नदिने प्रचण्ड, माधव, झलनाथ पनि यसको दोषी भएको उहाँको भनाई थियो ।
काँग्रेसले त्यतिबेला गराएको सजकतातर्फ ध्यान दिन सकेको भए अहिलेको अवस्था नआउने भन्दै उहाँले संविधानको रक्षाका लागि काँग्रेस निरन्रत लडिरहने बताउनुभयो ।

Share.

Leave A Reply