आफ्नो पक्षमा फैसला गराउन ओलीले अदालतमाथि दबाब राखे : काँग्रेस बरिष्ठ नेता पौडेल

0

चितवन, माघ ४ । नेपाली काग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधामन्त्री केपी ओलीले अदालतलाई दबाबमा राखेर संसद विघटन गरेको आरोप लगाउनुभएको छ ।

काग्रेसले गरेको देशव्यापी विरोध सभाकाक्रममा शनिवार भरतपुरको शारदानगरटाउनमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले संसद विघटन लोकतन्त्र मात्र नभई राष्ट्रद्रोही कदम भएको आरोप लगाउँदै नेता पौडेलले भन्नुभयो,“ अदालतमाथि दबाब दिएर जबरजस्ती आफ्नो पक्षमा फैसला म ल्याउँछु भन्ने दुस्साहसले यो कदम चालेको छ । नत्रभने यो संविधान बनाउँदा पनि केपी ओली र विद्या भण्डारी पनि सँगै हुनुहुन्थ्यो नि । त्यो बेलामा प्रतिनिधि सभा विघटन गर्न पाइदैन भन्ने व्यवस्था थियो नि । फेरि किन आज भङ्ग गरियो त ? हामी भङ्ग गरिदिनी अदालतलाई पनि मनाउने भनेर नै हो नि । ”
संविधानको रक्षाका लागि काँग्रेस सडकमा आएको पौडेलले बताउनुभयो । ओलीले भइरहेको आफ्नो वहुमतको संसद विघटन गरेर चुनाव गराउलान भन्ने आशा कसैले नगर्न र विदेशीको क्रिडास्थल बनाई अस्थिरता निम्ताउन ओली लागेको आरोप पौडेलेको थियो ।

नेता पौडेलले काँग्रेसले सडक आन्दोलन गरेर अदालतलाई दबाब दिन नभई खबरदारी गर्न भएको बताउनुभयो । कानूनलाई अक्षर अक्षर पढ्न दबाव दिन विरोध सभा गरेको उहाँको भनाई थियो । संविधानलाई लयमा ल्याएर मात्रै काँग्रेस चुनावमा जाने उहाँको भनाई थियो ।

सोही विरोधसभामा बोल्दै काँग्रेस केन्द्रीय सदस्य डा डिला संग्रोलाले कम्युनिष्का कारण देशको राष्ट्रियता खतरामा परेको र विदेशीहरुको क्रिडास्थल बनेको बताउनुभयो । अव देश र राष्ट्रीयता तथा संविधान काँग्रेसले मात्रै बचाउन सक्ने उहाँको भनाई थियो ।

Share.

Leave A Reply