भुकम्प सुरक्षा दिवस २०७७ को अवसरमा गैँडाकोटमा अनुशिक्षण कार्यक्रम

0

माया कंडेल,गैंडाकोट, माघ २ । भुकम्प सुरक्षा दिवस २०७७ को अवसर पारेर आज गैंडाकोट नगरपालिकाले अनुशिक्षण कार्यक्रम गरेको छ ।
भुकम्प र यसबाट हुने जनधनको क्षती कम गर्न अनुशिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा भवन निर्माण सम्बन्धि आचारसंहिताका बारेमा ईन्जिनियर राजु अर्याल र भवन निर्माणमा अहिले भइरहेका अभ्यास,कसरी सुरक्षित घर निर्माण गर्ने, घरभित्रका भित्तामा राखिएका सामग्री कसरी सुरक्षित रुपमा राख्ने लगायतका बिषयमा सव ईन्जिनियर लक्ष्मीप्रसाद सोतीले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, नगरपालिकाका प्राबिधिक, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगरपालिकाका रोजगार अधिकृत तारा उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नगरका ज्येष्ठ वडाअध्यक्ष गैंडाकोट ७ का वडाध्यक्ष चोलानाथ उपाध्यायको अध्यक्षतामा भएको हो ।

यसअघि भुकम्प सुरक्षा दिवस २०७७ को अवसर प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो ।

Share.

Leave A Reply