गैँडाकोट १३ मा न्यायीक सचेतना कार्यक्रम सम्पन्न

0

माया कंडेल,गैंडाकोट, माघ २ । गैंडाकोट नगरपालिकाको न्यायिक समितिले आज वडानम्वर १३ मा न्यायीक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नगरमा रहेका महिला दिदिबहिनीलाई न्यायीक सचेतना दिन कार्यक्रम गरिएको र यसबाट धेरै महिलाहरुले लाभ लिएको नगर उपप्रमुख बिष्णुकुमारी कंडेलले बताउनुभयो ।

उहाँले समाजमा विभिन्न आनीवानी भएका व्यक्तिहरु बसोबास गर्ने हुनाले कहिलेकाहिँ विवाद पनि सिर्जना हुने तर त्यसलाई समझदारीका साथ समाधान गर्नुपर्ने बताउनुभयो ।

विवादले व्यक्ति र उसको मानसिकतामा मात्र नभई बालबालिकालाई पनि नकारात्मक असर पर्ने हुनाले समाजमा सबैसंग मिलेर सहिष्णुताका साथ बस्नुपर्नेमा उहाँको जोड थियो । आज भएको कार्यक्रमका अध्यक्ष एवम् गैंडाकोट १३ का वडाध्यक्ष पदमलाल पौडेलले महिलाले गर्ने काम र भूमिकाको सम्मान हुन नसकेको परिवेशमा महिला आफै सजग र सचेत हुदैं अगाडी बढ्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा न्यायीक समिति सदस्य एवम् वडा सदस्य छविकला पाण्डेले समुदायमा सजिलै न्याय प्रदान गर्न न्यायीक समिति गठन गरिएको र स्थानियलाई साना साना कुरामा हुने विवाद सुल्झाउन सहज भएको बताउनुभयो ।

कार्यक्रममा न्यायीक समिति स्रोत व्यक्ति एवम् गैंडाकोट नगरपालिकाका शाखा अधिकृत पुष्पराज शर्माले न्यायीक समितिमा उजुरी दिन सकिने बिषयबस्तु र त्यसले गर्ने काम, कानूनी प्रावधानका बिषयमा जानकारी दिनुभएको थियो ।

न्यायीक सचेतना कार्यक्रममा वडा सदस्य धनीराम थनेत, उषा बिक, तुलाराम पौडेल न्यायीक समिति सदस्य सुरेन्द्रप्रसाद रेग्मी , मेलमिलापकर्ता खुशीराम ढकाल, प्रेम पाठक , विश्वनाथ शर्मा, मुन्ना बिक, दिलिप थनेत, मेलमिलाप सहजकर्ता गिता न्युरे सापकोटा लगायत वडाका १२० बढि महिला दिदिबहिनीको सहभागिता रहेको थियो । न्यायीक समिति सचिवालय कर्मचारी ईश्वरीप्रसाद आचार्यले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Share.

Leave A Reply