नन्दन कालिका मार्गको उद्घाटन

0

पबित्रा पराजुली, गैँडाकोट, माघ २ । गैँडाकोट ८ मा नन्दन सामुदायिक वनको कार्यलयदेखी कालिका मन्दिर जोड्ने बाटोको उद्घाटन गरिएको छ ।
आज गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले बाटोको उद्घाटन गर्दै सडक निर्माण विकासको महत्वपूर्ण अंग रहेको बताउनुभयो । प्रदेश सरकार भएकै कारण विकास निर्माणको कामले तिव्रता पाएको बताउदै प्रदेश सरकारलाई अझै मजबुत बनाउनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले प्रदेश सरकारलाई भंङग गर्ने दुश्साहास नगर्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।


२०६७ पौष २४ गतेबाट बाटो निमार्ण गर्न काम सुरु गरेको भएपनि विभिन्न अवरोधका कारण झण्डै १० बर्षपछि बाटो उद्घाटन गरिएको नन्दन कालिका मार्ग टोल सुधार समितिका अध्यक्ष रामप्रसाद सापकोटाले बताउनुभयो । उहाँले टोलका अन्य धेरै स्थानमा पनि बाटो कालेपात्रे गर्न बाकी रहेको र यसमा प्रदेश सरकारले सहयोग गरिदिन आग्रह गनुभयो ।

४ सय ५० मिटर लम्बाई र ८ मिटर चौडाइ रहेको यस मार्ग प्रदेश सरकारको ५२ लाख , नगर र साविक गाविसबाट विनियोजीत १७ लाखको लागत र जनश्रमदानमा निमार्ण भएको हो ।

नन्दन टोल विकास समितिका अध्यक्ष तारानाथ सापकोटाले स्वागत मंतव्य राख्नुभएको कार्यक्रममा गैँडाकोट नगरपासलिकाका उपप्रमुख बिष्णुकुमारी कंडेल, विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटा , गैडाकोट पम्पिङ खानेपानिका अध्यक्ष शोभाखर रिमाल , नेपाली काग्रेसका क्षेत्रीय सभापति द्रोण वन लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजिकरण नन्दन कालिका मार्ग समितिका सचिव माधव प्रसाद आचार्यले गर्नुभएको थियो ।

Share.

Leave A Reply