नवलपुरमा कृषि ज्ञान केन्द्रको जिल्ला कार्यालय उद्घाटन

0

गैँडाकोट, माघ २ । कावासोतीमा आज कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रको उद्दघाटन गरिएको छ ।

यस अघि कृषि ज्ञान केन्द्र तनहुँको शाखा कार्यालयको रुपमा सेवा प्रवाह गरेको केन्द्रको अव जिल्ला कार्यालयनै स्थापना भएको हो ।कार्यालयको आज गण्डकी प्रदेश सरकारका कृषि सहकारी तथा भूमि ब्यबस्था मन्त्री लेखबहादुर थापा मगरले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले नवलपुरका कृषकहरुको आबश्यकता अनुसार कार्यालयको स्थापना गरेको बताउनुभयो ।

कृषि क्षेत्रको बिकास नभए सम्म मुलुकको बिकास असम्भब भएकाले कृषकको हितमा सरकारले काम गरेमा बिकासको मुल फुटने उहाँको भनाई थियो ।

नवलपुर प्रदेशकै नमूना जिल्लाको रुपमा अगाडि बढेको र यहाँको बिकास संगै प्रदेशको बिकास अघि बढ्ने बताउनुभयो । नवलपुरको बिकासका लागि प्रदेश सरकारले ठोस निर्णयका साथ कार्यक्रम ल्याएको उहाँको भनाई थियो ।

कृषि सहकारी तथा भूमि ब्यबस्था मन्त्रालयका सचिब सबनम शिबाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका नेपाली काग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, सांसद जनकलाल श्रेष्ठ ,कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रा पुन,सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा लगायतले नवलपुरको कृषि क्षेत्रको बिकासमा प्रदेश सरकारले उचित बजेट उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो ।

Share.

Leave A Reply