देवचुली ६ मा न्यून आय भएका परिवारलाई वाख्रा वितरण

0

गैँडाकोट, माघ १ । देवचुली नगरपालिका ६ किर्तीपुरमा न्यून आय भएका व्यक्तिहरुलाई वाख्रा वितरण गरिएको छ । उनीहरुको आयआर्जमा सहयोग पुग्ने र आर्थिक अवस्था सक्षम हुने विश्वासका साथ वाख्रा वितरण गरेको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगर उप–पमुख पार्वता तिवारीले देशको समग्र विकासको लागि व्यक्तिहरुको आर्थिक विकासबाट मात्र संभव भएको बताउनुभयो । कोरोना महामारीमा धेरै नै रोजगारबाट बिमुख भएको भन्दै स्थानीय तहहरुले पनि यसै गरी विभिन्न संस्थाहरुसँगको साझेदारीमा रोजगारी सृजनामा लागिपरेको उहाँको भनाई थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालले नेपाल हिल्फे विटीकम जर्मनीसँगको साझेदारीमा देवचुली ६ किर्तिपुरमा आयआर्जन कार्यक्रम विगत ३ वर्षबाट सञ्चालन गरिाराखेको छ । समाजमा रहेका अल्पसंख्यक, सिमान्तकृत, गरिव र दलित समुदायका व्यक्तिहरुको आयआर्जनमा सहयोग गर्दै उनीहरुको बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, सरसफाई, बालबालिकाको अतिरिक्त क्रियाकलापमा सहयोग र पठन सिकाईमा सहयोगको लागि सो कार्यक्रम सञ्चालन गरिएको संस्थाका महासचिव शर्माले बताउनुभयो ।

संस्थाले आजसम्म चौथो चरणभित्र ८२ घरका प्रत्येक घरलाई २ वटा जमुनापारी र खरी जातका पाठीहरु साथै ब्याडे बोका वितरण गरिसकेको छ । सो वडाका १०० घरसम्म उन्नत खालका बाख्राहरुको वितरण गरिएको संस्थाले बताएको छ । आज १७ घरलाई २ वटा बाख्रा गरी ३४ वटा वितरण गरेको शर्माले जानकारी दिनुभयो ।

 

कार्यक्रममा अध्यक्ष मिन बहादुर सोती, संस्थाका सल्लाहकार खिमानन्द भुसाल, कार्यसमितिका पदाधिकारी राजु चापागाई, वडाका जनप्रतिनिधीहरु, अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply