गैँडाकोटमै योगा एण्ड जुम्बा स्टुडियो, इन्द्रादीपको आज उद्घाटन

0

गैँडाकोट, माघ १ । गैंडाकोटमा आजदेखी ईन्द्रादीप योगा एण्ड जुम्बा स्टुडियो सञ्चालनमा आएको छ ।

योग दिवसको अवसर पारेर आज गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै पौडेलले स्वस्थ्य नै सबैभन्दा ठूलो धन भएकाले हरेक व्यक्ति स्वस्थ्य रहन योग गर्न आवश्यक भएको बताउनुभयो ।

पछिल्लो समय मानिसहरुमा बढदै गएको अल्छीपना हटाउदै योग मार्फत निरोगी गराउने अभियानका साथ स्टुडियो सञ्चालनमा ल्याएको सञ्चालक ईन्दु घिमिरेले बताउनुभयो । उहाँले विहान र साझ २ चरणमा योगाका प्रयोगात्मक कक्षाहरु सञ्चालन हुने जानकारी दिनुभयो ।

यहि माघ ७ गतेभित्र योगाा एण्ड जुम्बामा सहभागि हुनेहरुलाई बिशेष छुटको समेत व्यवस्था गरिएको उहाँको भनाई छ । उहाँले योगा एण्ड जुम्बा कक्षामा बिशेष प्रेसर, थाइराइड जस्ता रोगलाई मध्यनजर गर्दै बिशेष कक्षा पनि सञ्चालनमा ल्याईएको बताउदै ८ बर्षदेखि १५ बर्षसम्मका बालबालिकाका लागि पनि कक्षाको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

भारतको रिसीकेशबाट आउनुभएका डा. योगा अमनदीप सिंह र मुकुल भारद्धाज प्रशिक्षकको रुपमा रहनुहुनेछ ।  उद्घाटन कार्यक्रममा गैंडाकोट ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने, वडा सदस्य तेजप्रसाद घिमिरे, विकु साकोसका अध्यक्ष ओमप्रसाद सापकोटा, सामाजिक व्यक्तित्व मदनभक्त अधिकारी , टोलनाथ घिमिरे, लगायतको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply