गैँडाकोट जेसीजको १४ औँ पदस्थापना सम्पन्न

0

गैँडाकोट, माघ १ । गैँडाकोट जेसीजको १४ औँ पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रम संयोजक दिपक सापकोटाका अनुसार आज राष्ट्रिय अध्यक्ष अध्यक्ष अरुणेश्वर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्म्न्न भएको हो । कार्यक्रममा गैँडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कडेँल, जेसीजका कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भुषा, कानुनी सल्लाहकार गोकुल सापकोटा, गैँडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँल, गैँडाकोट ७ का वडासदस्य इश्वरी चापागाई, गैँडााकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटा, गैँडाकोट अपाङ्ग संघका अध्यक्ष कृष्ण सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
गैँडाकोट जेसिजको वर्ष २०२१ के अध्यक्षमा दया सापकोटा चयन हुनुभएको थियो । १५ औं साधारणसभा तथा १४ औं अधिवेशनले सापकोटालाई वर्ष २०२१ को अध्यक्षमा चयन गरेको हो ।

नयाँ कार्यसमितिको कार्यकारीणी उपाध्यक्षमा दिपक सापकोटा , मदन सापकोटा, महासचिवमा राजेश पौडेल,कोषाध्यक्षमा हरी पौडेल,उपाध्यक्षमा श्याम बन,क्षितिज आचार्य,सुदर्शन भुसाल, बिपिन सापकोटा,सह सचीवमा गौरी पौडेल र सह कोषाध्यक्षमा पवन कार्की चयन हुनुभएको र आज उहाँहरुलाई नै पद तथा गोपनीयताको शपथ गराइएको सापकोटाले जानकारी दिनुभयो ।

यस अघि वर्ष २०२० को अध्यक्ष सुशिल काफ्ले रहनुभएको थियो ।

Share.

Leave A Reply