लायन्सले बुझायो आँखा दान गर्ने २६५ को सहमति पत्र

0

चितवन, पौष २९ । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टू एरिया नम्वर ३ ले थप २६५ जनाको आँखा दान गर्ने सहमति पत्र बुझाएको छ ।

लायन्सका संस्थापक मेल्विन जोन्सको १२४ औँ जन्म जयन्तीको अवसर पारेर उक्त सहमति पत्र लान्यसले नेपाल नेत्रज्योति संघ जिल्ला शाखा चितवन भरतपुर आँखा अस्पताललाई हस्तान्तरण गरेको हो । कार्यक्रममा फस्ट भाइस डिस्ट्रिक गर्भनर एमजेएफ लायन रामप्रसाद भट्टले लायन्सहरुले विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो ।

यस्तै अस्पतालका अध्यक्ष कृष्णराज धरेलले लायन्सहरुको आँखा दान गर्ने कार्यले धेरैले उज्यालो हेर्न पाउने बताउनुभयो । एरिया नम्वर ३ का एरिया चिफ लायन प्रभाकर पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रमको एरिया सचिव लायन पूर्ण प्रसाद शर्माले सहजीकरण गर्नुभएको थियो ।

लायन्सका संस्थापक मेल्विन जोन्सको १२४ औँ जन्मदिनको अवसर पारेर एरिया नम्वर ३ अन्गर्त चितवन र नवलपुरका लायन्स क्लवहरुले आज विभिन्न कार्यक्रमहरु गरि मनाएका छन् । एरिया नम्वर ३ ले विश्व दृष्टि दिवस अक्टोबर आठका दिन पनि ४६५ जनाको आँखा दान गर्ने सहमति पत्र आँखा अस्पताललाई बुझाइसकेको छ ।

Share.

Leave A Reply