मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघद्धारा बधाई तथा शुभकामना व्यक्त

0

डोलराज रानाभाट,गैँडाकोट, पौष २९ । मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैँडाकोटले उद्योग वाणिज्य महासंघका कार्यकारीणी केन्द्रीय सदस्य अमृत भट्टचन र उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको सदस्यमा निर्वाचित लिला बहादुर अधिकारीलाई बधाई तथा शुभकामना दिएको छ ।

फेमिली क्याफेमा आज एक कार्यक्रमको आयोजना गरी दुवै जनाले गैँडाकोटको सान र मान बढाएको खुसीयालीमा बधाई तथा शुभकामना दिएको अध्यक्ष हरिबहादुर क्षेत्रीले बताउनुभयो । मूल महासंघमै आफ्नै ठाउँको व्यक्तिले प्रतिनिधित्व गर्दा समस्या समाधानका लागि नीतिगत सुधारमा पनि सहयोग पुग्ने उहाँको आशा थियो ।

कार्यक्रममा बोल्दै भट्टचनले आफ्नो भूमिका र जिम्मेवारी बढेको भन्दै गैँडाकोटका कुनै पनि व्यवसायीलाई परेको समस्या समाधानमा आफूले जुनसुकै परिस्थितीमा पनि सहयोग गर्ने बताउनुभयो । होटलबाटै आफूले व्यवसाय गरेको भन्दै उहाँले आफू राजनीतिक पार्टीको नेतृत्वकर्ता हुँदा पनि एक रुपैया चन्दा नमागेको र व्यवसायीहरुलाई चन्दा आतंकबाट बचाउन आफ्नो भूमिका रहने उहाँको भनाई थियो ।

साथै व्यवसायलाई सुरक्षा दिने बातावरण बनाउन भूमिका निर्वाह गर्न आफू सदैव तयार रहेको उहाँले बताउनुभयो । त्यस्तै गण्डकी प्रदेशका सदस्य अधिकारीले पनि आफू सदैव व्यवसायीहरुको हितमा रहेको बताउनुभयो । आफूलाई परेको समस्याहरु निर्धक्क बताउन आग्रह गर्दै नीतिगत तहमा आफूले सदैव आवाज उठाउने उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै गँैडाकोट ५ का वडाअध्यक्ष एवम उद्योग वाणिज्य संघ गैँडाकोटका जिल्ला उपाध्यक्ष नवराज कडेँलले गैँडाकोटमा होटल व्यवसाय र उद्योग सवल बन्दै गएको र छिटपुट घटना बाहेक होटल व्यवसाय सुरक्षित रहेको बताउनुभयो । यदि असुरक्षित महसुस हुने र दुख दिने कोही भए त्यसको समाधानमा नगरपालिकाले पनि कदम चाल्ने बताउनुभयो । त्यसैले ढुक्क भएर आफ्नो व्यवसाय गर्न उहाँको अनुरोध थियो ।

सचिव हरिप्रसाद पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा होटल व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply