हिमानी कोषले दियो न्यानो कपडा

0

गैँडाकोट, पौष २९ । हिमानी कोषले न्यानो कपडा वितरण गरेको छ । देशभर वितरण गर्ने अभियान अनुसार बुधबार गैँडाकोटमा न्यानो कपडा वितरण गरेको हो ।
गैँडाकोटमा रहेका गरिव विपन्न बृद्धबृद्धा तथा बालबालिका सहित ३६ जनालाई ज्याकेट र सिल्पिङ व्याग वितरण गरिएको हो ।

जनक, कालिका र नेरासा मा.विमा अध्यनरत बालबालिका लाई न्यानो कपडा वितरण गरीएको हिमानी कोषका जिल्ला संयोजक सदस्य कुमार वाग्लेले जानकारी दिनुभयो ।

न्यानो कपडा वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथी हिमानी कोष जिल्ला संयोजक राजेश मैनालीले न्यानो कपडा वितरण अभियान देशभर संचालन गरिने बताउनुभयो ।

साथै उहाँले यस अभियानमा सबैले साथ दिन आग्रह गर्नुभयो । नेरासा माध्यमिक विद्यालयमा भएको कार्यक्रमको सहजीकरण नेरासाका प्रध्यानधापक ईन्द्रराज भट्राईले गर्नुभएको थियो ।

Share.

Leave A Reply