एभरेष्ट युवा क्लवको आयोजनामा पुरुष फूट्सल प्रतियोगिता सुरु

0

डोलराज रानाभाट, गैँडाकोट, पौष २८ । एभरेष्ट युवा क्लव गैँडाकोट ७ गैरीको आयोजनामा वडास्तरीय नकआउट पुरुष फूट्शल प्रतियोगिता आजबाट सुरु भएको छ ।
माघ १ गतेसम्म संचालन हुने प्रतियोगिताको आज पहिलो दिन ३ खेल सम्पन्न भएको छ । पहिलो खेलमा गैँडाकोट ३ र ९ बीच खेल भएको थियो । उक्त खेलमा २ का विरुद्ध ३ गोल गर्दै गैँडाकोट ९ विजयी भएको छ ।
दोस्रो खेलमा गैँडाकोट २ विजयी भएको छ । गैँडाकोट ६ लाई १ का विरुद्ध ३ गोल गर्दै विजयी भएको हो । आजको तेस्रो एवम अन्तिम खेलमा गैँडाकोट १ विजयी भएको छ । उसले गैँडाकोट ७ लाई ० का विरुद्ध १ गोलले पराजित गरेको हो ।
उद्घाट कार्यक्रममा वडाअध्यक्ष चोलानाथ उपाध्याय, वडासदस्य इश्वरी चापागाई , गैँडकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply