देबघाटको बेनीमा स्नान गर्न गैँडाकोट ३ तर्फबाट निशुल्क र्याफ्टीङको व्यवस्था

0

डोलराज रानाभाट,गैँडाकोट, पौष २८ ।
गैँडाकोट नगरपालिका वडानम्वर ३ ले माघ १ गते देवघाटको बेनीमा स्नान गर्ने व्यवस्था मिलाएको छ । वडाअध्यक्ष शिवकान्त तिवारीका अनुसार यसअघिका बर्षमा बेनीमा पुग्नै समस्या भएर भक्तालुहरु फर्कनु परेकाले यस पटक र्याफ्टीको निशुल्क व्यवस्था गरी बेनीमै पुगेर स्नान गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।


वडाअध्यक्ष तिवारीले भन्नुभयो,“यसअघिका वर्षहरुमा भक्तजन बेनि सम्म जान नसकी फर्किनु परेको समस्या लाई मध्यनजर गर्दै यो बर्ष केलादीघाट बाट बेनि स्नान गर्न जाने भक्तजनलाई निःशुल्क र्याफटिङ को ब्यवस्था मिलाइएको जानकारी गराउद छाँै ।”

नवलपरासी तथा पश्चिम भेग बाट आउने भक्तजनले गैंडाकोटको शिलान्यास चोक बाट बृटिस क्याम्प हुँदै केलादी आउन सक्नेछन् । यो बाटो सुरक्षित र ट्राफिक जाम नहुने भएकाले सजिलै यात्रा गर्न सक्ने वडाअध्यक्ष तिवारीको भनाई छ ।

चितवन र तनहुँको तुलनामा नवलपरासी तर्फको देबघाट क्षेत्र ओझेलमा परेका कारण यस पटक यो बाटो भएर जाने भक्तजनहरुलाई निशुल्क र्याफ्टीङको व्यवस्था मिलाइएको तिवारीको भनाई छ ।

साथै देबघाट स्नान गर्न केलादी घाट बाट पनि देवघाटको बेनीमै पुग्न सकिन्छ भन्ने जानकारी दिनपनि भक्तजनलाई निःशुल्क र्याफटीङ को ब्यवस्था मिलाएको उहाँको भनाई छ ।

साथै थप जानकारी लिन ९८४५०४५७५३ र ९८४५३४१०७४ मा सम्पर्क गर्न सक्ने जनाइएको छ ।

Share.

Leave A Reply