लायन्स क्लव अफ बागेश्वरी गैंडाकोट सिटिद्धारा विपन्नलाई सहयोग

0

गैँडाकोट, पौष २८ । लायन्स क्लव अफ बागेश्वरी गैंडाकोट सिटिले लायन्स क्लव अफ ईन्टरनेशनलका संस्थापक मेल्भीन जोनस्को जन्मोत्सवको अवसरमा खाद्यान्न सहयोग गरेको छ ।
क्लवले आज गैंडाकोट १४ नगरटाडीमा रहेको विपन्न तथा अशक्त ईश्वर परियारको परिवारलाई सहयोग गरेको हो । क्लवको तर्फबाट खाद्यान्न सहयोग गरिएको लायन्स क्लव अफ बागेश्वरी गैंडाकोट सिटिका अध्यक्ष भानु रिमालले बताउनुभयो । कार्यक्रममा बिजय ज्योती आधारभुत बिध्यालयका प्रधानाध्यापक झलकराज पौडेल, शिक्षक जीवन शर्मा, लायन जित गुरुङ , सपन बस्नेत, टोप बिक्रम सेनको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply