गैंडाकोट ६ मा छालाको जुत्ता,चप्पल बनाउने तालिम शुरु

0
गैडाकोट, पुष २८
माया कंडेल
गैंडाकोट ६ मा तीन महिने छालाको जुत्ता÷चप्पल बनाउने सीप बिकास तथा अभिबृद्धि तालिम शुरु भएको छ । कोरोना भाईरस प्रभावित बेरोजगार युवायुवती लक्षित तालिम गण्डकी प्रदेश उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयको आयोजना र क्रियटिभ ईन्नोभेसन इन्टरप्रिनरसीप नेपालको सहयोगमा तालिम शुरु भएको हो ।
तालिमको उद्घाटन गर्दै गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले काम गर्न लाज मान्न नहुने हरेक काम र श्रमको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यको लगानीमा भएको तालिमबाट सिप सिकेर उपयोग गर्नसके मात्र तालिमले सार्थकता पाउने बताउनुभयो । काम गर्ने भन्दा आलोचना गर्ने जमात बढि भएको भएर उन्नती गर्न नसकिएको उहाँले बताउनुभयो । उहाले तालिम लिनका लागि मात्र तालिम लिन नभई आफ्नो जिवनस्तर उकास्न तालिमको सहि प्रयोग गर्न आग्रह पनि गर्नुभएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश उद्योग वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण आचार्यले गण्डकी प्रदेश सरकारले कोरोना भाईरस प्रभावित बेरोजगार युवायुवतीलाई राहत दिने र उद्यमी व्यवसायी बनाउने उद्धेश्यले प्रदेश सरकारले तालिम कार्यक्रम गरेको बताउनुभयो । उद्यमशिलता सिर्जना गर्दै सिपमुलक र आयमुलक कार्यक्रम गर्नका लागि प्रदेश सरकारले कार्य गरिरहेको बताउनुभयो ।
सिक्ने मान्छेको उत्सुकता र तत्परताले तालिम सफल हुने र जोश जागरका साथ तालिम लिन पनि उहाँको आग्रह छ । यो तालिमले आर्थीक उपार्जन बढाउने र आत्मनिर्भर बढाउने बताउनुभएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख बिक्रम सुबेदीले तालिममा सहभागि उद्यमी, व्यवसायी र आत्मनिर्भर बन्ने दिशामा भएको बताउनुभयो । तालिम लिने र त्यसलाई गम्भीरताका साथमा नलिने परिपाटी हटाउन आग्रह गर्नुभएको छ । उहाँले सीप, बीउपूँजी र तालिम भएपछि उद्यमी बन्न सकिने त्यसमा लगनशील भएर लाग्न पनि आग्रह गर्नूभएको छ ।
गैंडाकोट नगरपालिकाका आर्थीक विकास शाखा प्रमुख देवेन्द्र गौतमले उत्साहपूर्वक शुरु भएको कार्यक्रममा अन्त्यसम्म पनि यत्तिकै हुनुपर्ने बताउनुभयो । उहाँले तालिम लिएर मात्र नभई यसबाट अर्थोपार्जन गर्न सके मात्र तालिमको उपयोगिता हुने बताउनुभयो ।
प्रशीक्षक चन्द्र बहादुर नेपालीले उत्प्रेरणा जगाएर काम गर्न सकिने र तालिमलाई व्यवसायिक वनाउन पनि सकिने बताउनुभयो । शुभारम्भ कार्यक्रममा स्वागत मन्तव्य राख्दै गैंडाकोट वडा नम्बर ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले यो तालिमले सहभागिको क्षमता बिकास हुने आशा गरेको बताउनुभयो । उहाँले आफ्नो वडामा कार्यक्रम ल्याएको आयोजकलाई धन्यवाद पनि दिनुभएको छ ।
सहभागिको तर्फबाट आफ्नो मन्तव्य व्यक्त गर्दै पूर्णमाया गुरुङले तालिम संगै चुलो चौकोमा मात्र सिमित हुननपर्ने अवस्था सिर्जना हुनेमा आफुलाई खुशी लागेको बताउनुभयो । २२ जना महिला दिदिबैनीले तालिम लिने जाईएको छ । कार्यक्रमको सहजीकरण गैंडाकोट नगरपालिका रोजगार शाखा प्रमुख तारा उपाध्यायले गर्नुभएको थियो ।
Share.

Leave A Reply