नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापनका लागि तालिम

0


प्रेम क्षेत्री
पुस २८, गैंडाकोट । समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत प्रशिक्षक प्रशिक्षण तालिम गैंडाकोटमा शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा विजय विकास स्रोत केन्द्रको चेतना सदनमा मंगलबारदेखी शुरु भएको तालिम बुधबारसम्म चल्ने छ । तालिममा जिल्लाका पालिका स्तरिय स्वास्थ्य शाखा प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको छ ।
तालिमको पहिलो दिन सुआहारा कार्यक्रमकी स्वास्थ्य तथा पोषण अधिकृत निर्मला भण्डारीले समुदायमा प्रशिक्षकको उपस्थिती र गर्नुपर्ने काम कर्तव्यका विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले क्लिनिकल अवस्था र परिक्षणबारे प्रशिक्षण दिनुभएको थियो ।


समुदायमा कार्यक्रमले पारेको प्रभाव, अवस्थाबारे तथ्याङ्क संकलन, कर्मचारीको क्षमता सीप मापन तथा आईपर्ने समस्याका बारेमा मुल्याङ्कन गर्दै कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिईने जनाईएको छ ।
तथ्याङ्क सहायक शिव शरण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम फोकल पर्सन रामसिंहासन कुमार कुशवाहले सहजिकरण गर्नुभएको थियो । तालिम उद्घाटन सत्र परिवार नियोजन सुपरभाईजर निरिक्षक विरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।


समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन कार्यक्रमको मुख्य उद्देश्य पाँच वर्षमुनिका बालबालिकाहरुमा प्रायजसो देखिने रोग तथा अन्य स्वास्थ्य समस्याहरुको उपचार तथा व्यवस्थापन गरि त्यसबाट हुने मृत्युदर घटाउनु रहेको छ । यो उमेर समूहका बालबालिकाहरु मध्ये नवजात शिशु अझवढि जोखिममा हुने भएकोले सुरक्षित तरिकाले सुत्केरी गराउने, नवजात शिशुको अत्यावश्यक स्याहार गर्ने जस्ता पक्षलाई यो कार्यक्रमले विशेष महत्त्व दिएको छ । यो कार्यक्रम जिल्लाका सबै पालिकाहरुमा स्वास्थ्य संस्था तथा सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकाहरुको संलग्नतामा सञ्चालन गरिने र यसलाई व्यवस्थित गर्न सघाउ पुग्ने विश्वास गरिएको छ ।

Share.

Leave A Reply