लायन्स क्लब अफ नारायणगढ मिड टाउनद्वारा खाद्यन्न सहयोग

0

अजय पौडेल, पौष २७ । लायन्स क्लब अफ नारायणगढ मिड टाउनले देवघाटमा रहेको रामजानकी बालिका आश्रममा खाध्यबस्तु सहयोग गरेको छ।

आश्रममा रहेका ३२ जना बालिकाहरुको लागि खाध्यबस्तु सहयोग गरेको कार्यक्रम संयोजक तथा क्लबका द्धित्तिय उपाध्यक्ष गोबिन्द प्रसाद पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं क्लबका संस्थापक अध्यक्ष शिवप्रसाद पण्डितले लायन्स क्लबले यस अगाडि पनि थुप्रै सामाजिक कार्य गरेको बताउदै आगामी दिनहरूमा पनि सामाजिक कार्य गर्न शुभकामना दिनुभयो ।

कार्यक्रममा आश्रमका सचिव रामेश्वर खनालले लायन्स क्लबले गरेको कार्यले आफूहरुलाई सहयोग मिलेको भन्दै धन्यवाद दिनुभयो ।

 

क्लबका अध्यक्ष दिपक पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पदाधिकारी तथा लायन्सकर्मी साथै आश्रमका बालिकाहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply