पृथ्वी जयन्तीमा संगीतबाट राष्टिय एकताको सन्देश

0


काठमाण्डौँ, २७ पौष । सोमबार देशभर पृथ्वी जयन्ती मनाइयो । सडकमा राष्टिय झण्डा र र्यालीको माहोल थियो तर सांस्कृतिक संस्थान नाचघरमा संगीतकर्मीहरुले संगीतबाटै राष्टिय एकताको सन्देश दिएका थिए । २९९ आँै पृथ्वीजयन्तीको अवसरमा आयोजित कार्यक्रममा गीतका प्रस्तुतीले एकताको सन्देश दिएको थियो । पृथ्वीनारायण शाहले नेपाललाई साझा फुलबारीको संज्ञा दिएका थिए । नाचघरमा प्रस्तुत प्रस्तुतीहरुले साझा फुलबारीको चमक देखिन्थ्यो । हाम्रो निधि हाम्रो संंस्कृति कार्यक्रममा नेवारी धुन, लिम्बू भाषाको गीत, भोजपुरी भाषाको गीत, तामाङ्ग भाषाको गीत, नेपाली भाषाको सयथरी बाजा, गुरुङ्ग भाषाको गीत, मगरभाषाको गीतका प्रस्तुतीले नेपाल साझा फुलबारी रहेको सन्देश दिएको थियो ।


कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपालीहरुको एकता र पहिचानका लागि पृथ्वीनारायण शाहले देखाएको एकताकोे बाटो आज पनि उत्तिकै महत्त्वपूर्ण रहको बताउनुभयो । पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकरणको काम गरेपनि भाषिक र जातिय विविधताको प्रोत्साहन गर्दै नेपाललाई साझा फुलबारी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँको योगदान चिरस्मरणीय रहेको बताउनुभयो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र सांस्कृतिक संस्थान राष्टिय नाचघरको सहआयोजनामा कार्यक्रम भएको थियो । सांस्कृतिक संस्थानको तर्फबाट सयथरी बाजा एउटै ताल बोेलको गीतमा तीर्थराज पोखरेल, दिपेन्द्र बज्राचार्य, बिपिन घिमिरे, शिला बिष्ट, दुर्गा परियारले प्रस्तुती दिएका थिए । यसैगरी बाद्यवादक समूहमा खड्ग बुढामगर, लोकराज राई, दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति लगायतले वाद्यवादनमा सहयोग पुर्याएका थिए । कार्यक्रमकोे संयोजन संगीत विभाग प्र्रमुख अशोक कुमार राइले गर्नुभएको थियो ।

 

कार्यक्रममा सांंस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply