नारायणी कला मन्दिरको ४५ औँ बार्षिक साधारण सभा सम्पन्न

0

चितवन,पौष २७ । आज भन्दा करिव ५८ बर्ष अगाडि अर्थात विस २०१९ सालमा स्थापनामा भएको नारायणी कला मन्दिरले आज आफ्नो ४५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले कला मन्दिरमा नयाँ प्रेक्षालय निर्माणका लागि आर्थिक सहित हरेक सहयोग गर्ने बताउनुभयो । कला मन्दिर परिसरमा रहेको खाली जग्गामा नयाँ भनवका लागि सहयोग गर्ने बताउनुभएको हो ।

आगामी वर्ष चितवन महोत्सव हुने र त्यसबाट बचत हुने रकम उपलब्ध गराउने बताउनुभयो । नारायणगढको मुटु क्याम्पाचौर संगै रहेको कला मन्दिर अझैपनि सोचेअनुरुप विकास हुन नसकेको पूर्व अध्यक्ष प्रभात कुमार जोसीको भनाई थियो । आफू अध्यक्ष हुँदा देखि अहिलेसम्म खासै परिवर्तन नआएको र अव यसको विकासका लागि सवैले आआफनो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

प्रति महिना ५० रुपैया भाडा तिरेर सुरु भएको कला मन्दिरले धेरै कलाकारहरुलाई जन्माइसकेको छ । अहिले कला मन्दिरको पुरानो सिटहरु हटाएर नयाँ राख्ने कार्य धमाधम भइरहेको छ । भत्किएको भुईलाई पुन प्लाष्टर गरी सम्याई आधुनिक कुर्चीहरु राखिने अध्यक्ष उद्धव जोशीले जानकारी दिनुभयो ।

त्यहि भित्र एसी समेत जडान गरी सुविधा सम्पन्न हल निर्माण गर्ने गरी काम भइरहेको र सवै काम सम्पन्न गर्न अझै २५ लाख बजेट आवश्यक पर्ने बताउनुभयो । सचिव अनुकुल श्रेष्ठ र कोषाध्यक्ष सुविर श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको थियो ।

Share.

Leave A Reply