महालक्ष्मी महिला बचतको १५ औँ साधारण सभा सम्पन्न

0

पबित्रा पराजुली, गैँडाकोट, पौष २७ । महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गैँडाकोट १४–१७ मा रहेको सहकारीले यहीँ पौष २१ गतेबाट शेयर सदस्यको सुझाव संकलन गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख बिष्णुकुमारी कंडेलले छरिएर रहेको पुजीँलाई संकलन गरि उत्पादन क्षेत्रमा लगानी गर्ने ठाउँ सहकारी भएको बताउनुभयो । उहाँले महालक्ष्मी महिला बचतले महिला नेतृत्व बढाएको भन्दै आगामी दिन महिला लाई आर्थिक रुपमा सवल बनाउने खालका कार्यक्रम संचालन गर्न आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष तारा पराजुलीले हालसम्म १ हजार ३ सय ९३ जना शेयर सदस्य रहेको र शेयर पूँजी ३७ लाख ३० हजार ७ सय को कारोबार गदैँ आएको बताउनुभयो । कार्यक्रममा प्रगति प्रतिवेदन संस्थाकी सचिव कान्तिमाया पुरीले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न निकायसँग समन्वय गरी विपन्न महिला लाई आय आर्जनका काम गरिने बताउनुभयो । कार्यक्रममा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष गोमा पौडेलले संस्थाले यसबर्ष खर्च कटाएर ८ लाख ५६ हजार १ सय ९२ नाफा गरेको बताउनुभयो ।

त्यस्तै लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा संयोजक सावित्री रानाभाटले संस्थाले संचालक समितिहरु र कर्मचारीहरुको क्षमता बृद्धिको लागी सहकारी शिक्षा तालिम दिन र उद्यमी महिलाहरुलाई प्रोत्साहित गर्नको लागी विभिन्न तालिम संचालन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष कोकीसरा राना मगर, १५ का वडाध्यक्ष राम कुमार श्रेष्ठ , समन्वय समिती सदस्य बद्रीप्रसाद सापकोटा , अमरापुरी खानेपानीका अध्यक्ष गोपी कंडेल लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply