गैँडाकोट, पौष २७ । चितवनको भरतपुर ४ मा राष्ट्र नायक पृथ्वी नारायण शाहको सम्झाना गरिएको छ ।
आज साँझ दिप प्रज्वलन गरी राष्ट्रलाई एउटै माला उनेर साझा फूलबारी बनाई राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने पृथ्वी नारायण शाहको सम्झाना गरिएको हो ।
स्वतन्त्र नागरिकहरुले आयोजना गरेका कार्यक्रमका प्रमुख अतिथि डा केशवभक्त सापकोटाले पृथ्वी नारायण शाहले नेपाल देशलाई एकीकरण गरिदिएका कारण मात्रै सार्वभौमसम्पन्न नागरिक हुन पाएको बताउनुभयो ।
साथै उहाँले दिव्य उपदेशको बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेम कडेँलले राष्ट्र एकतामा उहाँका भूमिका महत्वपूर्ण रहेको र अहिलेका विभाजित पार्टीहरुले अझ धेरै सिक्नुपर्ने समय रहेको बताउनुभयो ।
विष्णु खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय युवा गोविन्द पौडेल, रेशमलाल कडेँलले पृथ्वीनारायण शाहले देशका लागि गरेको योगदान बारे बताउनुभयो । विष्णु विखर्ची कडेँलले कार्यक्रममा सहजीकरण गर्नुभएको थियो ।