गैँडाकोट वडा नम्वर १० मा न्यायीक सचेतना सम्पन्न

0

पबित्रा पराजुली, गैँडाकोट, पौष २७ । गैँडाकोट नगरपालिका वडानम्वर १० मा न्यायीक सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा गैंडाकोट नगरपालिका न्यायीक समिति संयोजक एवम् उपप्रमुख बिष्णुकुमारी कंडेलले न्यायीक समितिले गर्ने कामहरु सबै महिला दिदिबहिनीलाई जानकारी होस भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

उहाँले समुदायमा भएका विवाद सकेसम्म वडा भित्रनै मिलाउने र वडामा मिल्न नसकेको विवाद नगरपालिकाले मिलाउने गरेको बताउनुभयो । उपप्रमुख कंडेलले मेलमिलापकर्ताले आफ्नो समुदायमा भएका घटनाको निष्पक्ष रुपमा मिलाउन सुझाव दिनुभयो । त्यस्तै गैँडाकोट वडा नम्बर १० का वडाध्यक्ष देवीदत्त कंडेलले वडामा भएको विवाद घरघरमा समेत गएर मिलाउने गरेको बताउनुभयो ।
कार्यक्रममा गैंडाकोट नगरपालिका प्रशासकीय अधिकृत पुष्पराज शर्माले प्रशिक्षण दिनुभएको थियोे । कार्यक्रममा सहभागी महिलाहरुको तर्फबाट बोल्दै सिता कंडेलले न्यायीक सचेतना सम्बन्धि कार्यक्रम आगामी दिनमा टोलटोलमा पनी संचालन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा ८५ जना महिलाको सहभागिता रहेको थियो ।गैडाकोट नगरपालीकाको न्यायिक समिती सदस्य छवीकला पाण्डेले स्वागत मतव्य राख्नुभएको कार्यक्रमको सहजीकरण गैडाकोट नगरपालिकाको न्यायीक सचिवालयका सदस्य ईश्वरीप्रसाद आचार्यले गर्नुभएको थियो । गैँडाकोट नगरपालिका मा रहेको न्यायीक समितिले ०७६÷०७७ को कार्यक्रम कोभिड १९ ले गर्दा रोकीएका ८ वटा वडामा यसबर्ष संचालन गरिएको हो ।

Share.

Leave A Reply