चितवनमा आज देखि जलपक्षीको गणना सुरु, निकुञ्जमा चराका लागि उपयुक्त बासस्थानको अभाव

0

डोलराज रानाभाट, चितवन, पौष २६ । चितवनमा आजदेखि चरा गणना सुरु भएको छ । माघ १ गतेसम्म चल्ने उक्त अभियानमा जलमा आधारित चराहरुको गणना भइरहेको हो ।
बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनको आयोजनामा आजबाट सुरु भएको गणनामा ९ जनालाई टोली नेता चयन गरि विभिन्न स्थानबाट गणना सुरु भइरहेको अध्यक्ष रमेश चौधरीले जानकारी दिनुभो ।
आज भण्डारादेखि लोथर जिन्दानी घाट , जिन्दानी घाटदेखि सौराहा कसरा र चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका लामिताल, तमोर तालसम्म गणना गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । आज भएको गणनामा विगतका भन्दा कम चरा पाइएको उहाँको भनाई छ । चारलाई हानी पुर्याउने मानवीय गतिविधि कम भएपनि चराको संख्यामा भने बृद्धि नभएको उहाँको भनाई छ । तर माघ १ गतेसम्म गणना हुने र त्यसपछि आउने विवरणलाई राखेर अन्तिम नतिजा सार्वजनिक गरेपछि वास्तविक विवरण आउने चौधरीले बताउनुभयो ।
आज निकुञ्ज भित्रका ताल तलैयामा पनि चरा कम देखिएको उहाँको भनाई छ । निकुञ्जले बनाउने घाँसै मैदान एकै प्रकृतिको भएको , चरा विज्ञहरुसँग कुनै पनि छलफल नगरी निर्माण गरिदा जलमा आश्रीत चराहरुको वासस्थानमा समस्या हुँदा संख्या घटेको उहाँको भनाई छ ।
सोसाइटीका पुर्व अध्यक्ष बासु विडारीले आज गणना गर्दा चखेवा, जलकौवा, गडवाल, कुट, किङफिसर, बकुल्ला,गरुढ, भुँडीफोर गरुढ, कालो गरुढ, स्यूइरो ठुडेँ हाँस आदि प्रजाति भेटिएको जानकारी दिनुभयो । भुँडीफोर गरुढ र कालो गरुढ संकटापन्न अवस्थामा रहेको जानकारी दिनुयभयो ।
विश्वव्यापी रुपमा गरिने गणना अनुसार आउने तथ्याङ्कले चराहरुको संरक्षणका लागि रणनीतिहरु तय गर्न सहयोग पुग्ने सोसायटीका अध्यक्ष रमेश चौधरीको भनाई छ ।
चितवनको सिमसार क्षेत्र चराहरुका लागि उपयुक्त स्थान भएकाले रैथाने देखि हजारौँ माइल यात्रा गरी चरा यहाँ आउने गर्दछन् । सासाइटीका पूर्व अध्यक्ष योगेश अधिकारीले पानी र वासस्थान प्रदुषित हुँदा बासस्थान नै संकटमा पर्दै जाने खतरा बढेपछि यस पटकको गणनामा समुदायलाई जोड्दै कार्यक्रम भइरहेको हो ।
एसीयन वाटरवर्ड सेन्सस २०२१ नाम दिएर गणना गर्न लागिएको हो । विश्वमा १९६७ जनवरीदेखि जलपक्षीको गणना थालिएको थियो भने अहिले ५४ औँ गणना चलिरहेको छ । २७ वटा देशमा गणना चलिरहेको बताउँदै नेपालमा विस २०५३ सालदेखि गणना गर्न थालिएको हो ।

Share.

Leave A Reply