समाजसेवी क्षेत्रीले ह्वीलचेयर दिएपछि थिङमा आयो खुसी, १२ बर्षको ओछ्यान बसाइबाट मुक्त

0

चितवन,पौष २६ । मेरूदण्ड भाचिएर अपाङ्ग हुनुभएका ४२ वर्षीय दुधराज थिङलाई ह्वीलचेयर सहयोग गरिएको छ ।

कालिका नगरपालिका ३ स्थित ९६ बिगाहा गाउँमा बस्दै आएका थिङलाई भरतपुर निवासी समाजसेवी एवम् सामाजिक अभियान्ता सुनिल कुमार क्षेत्रीले ह्वीलचेयर सहयोग गर्नुभएको हो । थिङलाई ह्वीलचेयर अभाव भएको र हिँडडुल गर्न समस्या भएको समाचार हल्कारो अनलाइनमा हिजो प्रकाशित भएपछि उहाँले सो सहयोग गर्नुभएको हो ।

क्षेत्रीले आज थिङको निवासमै पुगी ह्वीलचेयर, जाडोमा ओड्ने ब्ल्याङ्केट, चामल, नुन, तेल र नगद रू २ हजार पाँच सय पनि सहयोग गर्नुभएको थियो । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका थिङ १२ वर्षदेखि ओछ्यानमा थला परी बस्न बाध्य थिए ।

ह्वीलचेयर पाएपछि आफूलाई घरबाहिर निस्कन मद्दत पुगेको थिङले बताउनुभयो । घरभित्रै बस्नुपर्ने अवस्था रहेकोमा अब घर बाहिर निस्किएर घाम ताप्न, बाहिरी वातावरण हेर्न पाइने भन्दै उनले खुसी व्यक्त गर्नुभयो ।
२०६५ सालमा रुखबाट लडेर अपांग भएका उनी ह्वीलचेयर नहुँदा १२ वर्षदेखि ओछ्यानमा थला परी बस्न बाध्य हुनुहुन्थ्यो । ह्वीलचेयर सहयोगमा बाहिर हिँडडुल गर्न सहज भएको भन्दै थिङले धन्यावाद दिनुभयो ।

कार्यक्रममा मृगौला पीडित असहाय संरक्षण केन्द्रकी सचिव अनिसा खनाल, स्थानीय कुल बहादुर थिङ, हिरालाल थिङ लगायतको उपस्थिति रहेको थियो । वरिष्ठ समाजसेवी, सामाजिक अभियान्ता तथा युवा व्यवसायी क्षेत्रीले यस अगाडि पनि कोरोना महामारीको समयमा विभिन्न स्थानमा पुगी खाद्यान्न सहयोग गर्नुभएको थियो । साथै उहाँले कोरोना महामारीको समयमा आफ्नो घरमा बस्नेहरूका लागि ४ महिनाको घरभाडा समेत छुट गर्नुभएको थियो ।

उहाँले एसिड पीडित महिला, करेन्ट लागी घाइते भएका र क्यान्सर पीडित महिलालाई पनि आर्थिक सहयोग गर्नुभएको थियो । उहाँले मञ्जुश्री असहाय केन्द्र तथा देवघाटका विभिन्न आश्रमहरूमा विभिन्न सहयोगहरू समेत पु¥याउँदै आउनुभएको छ ।

Share.

Leave A Reply