बुलिङटार जेसीजको अध्यक्षमा श्रेष्ठ

0

बुलिङटार, पौष २६, नवलपरासी । बुलिङटार जेसीजको अध्यक्षमा सन्दीप कुमार श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार भएको पहिलो भेलाले श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको कार्यकारिणी उपाध्यक्ष पदमा तेजमान श्रेष्ठ,भविलाल राना,कानुनी सल्लाहकारमा ऋषिश्वर बकावल, महासचिव पदमा सुवाष देवकोटा,कोषाध्यक्ष पदमा ऋषिराम गिरी चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्ष पदमा विमला वाग्ले पौडेल,लोक प्रसाद रामदाम,प्रदिप कंडेल र अर्जुन पुलामी , सचिव पदमा बुद्ध प्रसाद रानाभाट र सहकोषाध्यक्ष त्रेता बस्ताकोटी चयन हुनुभएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउंँपालिका उपाध्यक्ष मैना विकले बुलिङ्गबार जेसिजमा आबद्ध युवाहरुले गाउंँपालिकाका आर्थिक,सामाजिक , सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बुलिङटार जेसिजले सँस्थामा आवद्ध युवाहरुलाई बुलिङटारको विविध क्षेत्रको खोज अनुसन्धान,विकास, समृद्धि सँगै व्यक्तित्व विकासमा अगाडि बढ्न प्रोत्साहित गर्ने बताउनुभयो ।

कार्यक्रमा गैंडाकोट जेसीजका अध्यक्ष दया सापकोटा,पूर्व अध्यक्ष बद्री सापकोटा, कृष्णहरि सापकोटा र प्रमेश आचार्य लगायतको उपस्थिति रहेको थियो। भेलामा सहभागीहरुलाई जेसी बद्री सापकोटाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम गैंडाकोट जेसीजका पूर्व अध्यक्ष जेसि कृष्णहरि सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । बुलिङटार जेसीजको मातृसँस्थाको रुपमा गैंडाकोट जेसीज रहनेछ ।

Share.

Leave A Reply