विजयनगर पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोटको ७ औ साधारण सभा आज देखि सुरु

0


हरि सुवेदी, गैडाकोट ,नवलपुर
विजयनगर पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोटको ७ औँ साधारण सभा आज देखि सुरु भएको छ । १ हजार ५१६ उपभोक्ता सदस्य रहेको संस्थाले आज देखि माघ २ गते सम्म उपभोक्ता सदस्यहरुको सल्लाह ,सुझावहरुलाई संकलन गरी माघ ३ गते हुने बार्षिक साधारणसभामा प्रस्तावित बिषयहरुमा छलफल गरिने कार्यालय सचिव जीवन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार टोल सुधार अनुसार भेला गरिने र प्रतिनिधिमूलक उपभोक्ताहरुबाट सुझाव संकलन गरिने भएको हो । संस्थाको कार्यक्षत्र रहेको वडानम्वर ६,७,८ र ९ को विभिन्न स्थानहरुलाई सुझाव संकलनका लागि तोकिएको छ । आज भाग्यदोय प्रावि गैडाकोट ६ बाट सुझाव संकलन गरिएको छ ।
भोलि विजयनगर खानेपानी सभाहलमा,पौष २८ गते हरिहर मन्दिरमा,पौष २९गते सफल महिला समूहको भवनमा र माघ २ गते रेसुगा पार्टी प्यालेसमा भेला गरी सल्लाह सुझाव संकलन गरिदैछ । माघ ३ गते बस्ने पूर्ण साधरण सभाले संस्थाको लोगो निर्माण तथा नाम परिवर्तन, उपभोक्ता सदस्यहरुको दुर्घटना बीमा गर्ने, योजना माग गर्ने लगयातका प्रस्तावहरुमाथि छलफल हुने जनाइएको छ ।
संस्था का अध्यक्ष शुभास चापागाईंको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथित गैँडाकोट ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले शुद्ध खानेपानी बितरणमा सस्थाले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।कार्यक्रममा वडा सदस्यहरु जिरबहादुर प्रधान, दल बहादुर थापा, कल्पना परियार, पवित्रा अधिकारी , भाग्योदय टोल सुधार का अध्यक्ष मायादेवी ठकुरी ,भाग्योदय आधारभुत बिद्यालय का प्रधानाध्यापक डिल्ली प्रसाद अम्बै लगायतको उपस्थित रहेको थियो ।

Share.

Leave A Reply