जयश्री खोलामा ड्याम बाँधेर बोट सञ्चालन गर्ने जयश्री बनको योजना, नयाँ कार्यसमिति चयन गरिने

0

पबित्रा पराजुली, गैँडाकोट, पौष २६ । जयश्री सामुदायिक वनले शनिवार १८ औँ वार्षिक साधारण सभा सम्पन गरेको छ । संस्थाको सभाहलमा भएको साधारण सभामा बोल्दै वनका अध्यक्ष महेन्द्रभक्त अधिकारीले सामुदायिक वनको क्षेत्रको खण्ड ४ मा रहेको चुनपोले पाखामा स्व.होमनाथ स्मृति वातावरणीय वाल उद्यान निमार्ण गरेको बताउनुभयो । साथै वन व्यवस्थापन अन्तर्गत रानीताल तुलेडाँडा र तात्रीवासमा घाट गद्धि निमार्ण गरि काठ, दाउराको घाटगद्धी गर्ने काम सम्पन्न गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले प्रत्यक स्थानिय तह देखी जनप्रतिनिधीले गरेको काम पारर्दशी हुनुपर्ने बताउदै वनले अव पर्यटक बढाउने कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । जयश्रीसँग पर्यापर्यटको सम्भावना धेरै भएकाले सोही अनुसारको योजना बनाउन र नगरपालिकाले पनि त्यसमा सहयोग गर्ने उहाँको भनाई थियो । गैडाकोट नगरपालिकाकी उपप्रमुख बिष्णु कुमारी कंडेलले जयश्री वनले वनको आम्दानी विकास निमार्णमा लगानी गरेको बताउदैँ गरिवी निवारणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै गैँडाकोट ४ का वडा अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले जयश्री वनका संचालक समितीले गरेका कामहरु प्रशंसायोग्य रहेको बताउनुभयो ।

त्यस्तै गण्डकी प्रदेश वन महासंघका उपाध्यक्ष खगराज सापकोटाले नगरले स्थानीय वन नीति बनाउन आवश्यक रहेको बताउनुभयो । वननीति बनेपछि वन विकासमा धेरै टेवा पुग्ने भन्दै यसतर्फ जनप्रतिनिधिले विशेष ध्यान आग्रह गर्नुभयो ।

डिभिजन वन कार्यलय गैडाकोटका प्रमुख सूर्यसिहं गुरुङले कोषाध्यक्ष प्रतिवेदन तयार पार्दा प्रतिशतमा मात्र तयार नपार्न सुझव दिनुभएको थियो । आगामी दिनमा वनले योजना बनाउँदा स्थानीय सरकार सँग समन्वय गर्न सुझाव दिनुभयो । मौलाकाली सामुदायिक वनका अध्यक्ष काशीनाथ कंडेलले उपभोक्ताको चाहाना भन्दा आवश्यकता हेरेर काठ वितरण गनुपर्नेमा जोड दिनुभयो ।

साधारण सभामा नेपाली काग्रेस गैँडाकोट नगर समितिका सदस्य ऋषीराम घिमीरे , नेपाल कम्युनिष्ट पाटी नेकपाका गैँडाकोट नगर अध्यक्ष षडानन्द लामीछाने , उपभोक्ताको तर्फबाट टिकाराम कंडेल, सल्हाकार समितीको तर्फबाट तिलक पराजुली लगायतले शुभकामना मन्तव्य राख्दै वनले उत्पादन मुलक कार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । संस्थाका सचिव सूर्यमाया दर्लामीले तयार पार्नुभएको सचिव प्रतिवेदन संस्थाका सह सचिव वृद्दि सागर अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

सचिवको प्रतिवेदन प्रस्तुत गदै अधिकारीले चुनपोले पाखाको पूर्वी भागबाट बहने जयश्री खोलामा ड्याम बाँधेर पर्यटकलाई आकर्षण गर्ने जलासय निर्माण गरि बोट सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । साथै चिसापानी क्षेत्रमा वातावरण मैत्री भ्यूटावर समेतको पिकनिक स्पोर्टस् निर्माण गरि वनको आम्दानीमा वृद्धि गराई गरिब विपन्न तथा सामुदायिक विकासमा खर्च गर्ने लक्ष्य राखेको बताउनुभयो ।

 

कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिनेशराज न्यौपानेले प्रस्तुत गर्नुभएको थियो भने लेखासमितिको प्रतिवेदन लेखा संयोजक रामचन्द्र घिमीरेले प्रस्तुत गर्नुभयो ।

संस्थाका उपाध्यक्ष दान बहादुर क्षेत्रीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन जयश्री सामुदायिक वनका सदस्य ओम प्रसाद पराजुलीले गर्नुभएको थियो ।

वनको नयाँ कार्यसमिति चयनका लागि हिजोदेखि प्रकृया सुरु भएको छ । हिजो उपभोक्ताहरुको नामावली प्रकाशन गरिएको छ । निर्वाचन उपसमितिले माघ ९ सम्मको तालिका सार्वजनिक गरेको छ । सकेसम्म सर्वसम्मत समिति बनाउने प्रयास भइरहेको छ ।

Share.

Leave A Reply