फोनिज चितवनका सचिव तुलमान गुरुङ पुरस्कृत

0

चितवन, पौष २६ । आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) चितवनका सचिव एंव चितवन पोष्ट दैनिकका पत्रकार तुलमान गुरुङ पुरस्कृत हुनुभएको छ ।
लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट (दस हजार) नगद सहित गुरुङ हिजो पुरस्कृत हुनुभएको हो ।

काठमाण्डौंमा तमू (गुरुङ) सञ्चारकर्मी संघ केन्द्रीय समितिले हिजो आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उहाँलाई नगद सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

सञ्चार क्षेत्रमा सक्रिय रहेर तमू समुदायको संस्कृति, भाषा लगायतको संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै गुरुङलाई पुरस्कृत गरेको तमु सञ्चारकर्मी संघले जनाएको छ । उहाँ सहित ८ जना पत्रकार पुरस्कृत भएका छन् ।

Share.

Leave A Reply