आदर्श टोल महिला समूहका नयाँ कार्यसमितिले लिए शपथ

0

गैँडाकोट, पौष २६ । आदर्श टोल महिला समूहको दोस्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट निर्वाचित कार्य समितिको सपथ ग्रहण गरेका छन् । साथै पद हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

निर्वाचन समिति संयोजक लालमणि पौडेलले नव निर्वाचित कार्य समितिलाई सपथ ग्रहण गराउनु भएको थियो । सपथ ग्रहण पश्चात संयोजक पौडेलले नव निर्वाचित समितिलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष रञ्जना रेग्मीले समूहको संस्थागत विकास गर्नुका साथै महिला अधिकार स्थापित गर्दै लैङ्गिक हिंसा न्यूनिकरणमा आफ्नो समितिले कार्य गर्ने बताउनुभयो ।

 

निवर्तमान अध्यक्ष सरिता धितालको अध्यक्षतामा शुरु भई नव निर्वाचित अध्यक्ष रञ्जना रेग्मीले समापन कार्यक्रमको समापन गर्नुभएको थियो ।

Share.

Leave A Reply