गैँडाकोट १ को सहयोगमा बाल क्लवहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण

0

गैँडाकोट, पौष २६ । गैँडाकोट १ ले बाल क्लवहरुलाई शैक्षिक र खेलकुद सामाग्री वितरण गरेको छ । बालमैत्री स्थानीय शासन वडा समिति,बालसंरक्षण समिति र वडा स्तरीय बाल क्लव सञ्जाल गैंडाकोट वडा नं १ को संयुक्त आयोजनामा हिजो सामाग्रीहरु वितरण गरिएको हो ।

गैंडाकोट वडा नं १ का टोल स्तरीय १० वटा बाल क्लव र विद्यालय स्तरीय आठ वटा गरि अठार वटा बाल क्लबहरुलाई खेलकुद सामाग्री बितरण गरिएको थियो । प्रत्येक बाल क्लबलाई तीन वटा व्याडमिन्टन सेट, एक वटा भलिबल ,एक वटा भलिबल नेट लगायलका खेलकुद सामाग्री प्रदान गरिएको थियो । साथै एउटा बालविकास केन्द्रलाई बालमैत्री शैक्षिक सामाग्री र नेपाल राष्ट्रिय शंसेर आदर्श माध्यमिक विद्यालय र नवदुर्गा आधारभूत विद्यालयलाई ज्वरो नाप्ने यन्त्र थर्मोगन समेत उपलब्ध गराइएको छ ।

बालमैत्री वडा घोषणा अभियानलाई निरन्तरता दिन सबैको घरघरमा सूचनाको संवाहकको भूमिका खेलिरहनुभएकी वडा कार्यालय सहयोगी जमुना सापकोटालाई नगद पुरस्कार सहित दोसल्ला ओडाएर सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैंडाकोट नगरपालिका उप प्रमुख बिष्णुकुमारी कंडेल सापकोटाले बालमैत्री वडा घोषणा गरी वालबालिकाको अधिकार संरक्षणमा गैंडाकोट वडा न.१ ले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । बालमैत्री स्थानीय तह घोषणा सम्बन्धि सूचकहरुमा आधारित रहेर विजय एफ एम सँगको सहकार्यमा वडा नं १ ले उत्पादन गरेको बाल आवाज कार्यक्रमले बालबालिकाको अधिकारका बारेमा समाजलाई सचेत बनाउन प्रेरणा प्रदान गरेको उहाँको भनाई थियो ।

वडा नं १ को बालमैत्री अभियानबाट शिक्षा ग्रहण गरि अन्य वडाले समेत बालमैत्री व्यवहारलाई अबलम्वन गरेर बालमैत्री स्थानीय शासनको शुरुवात गर्नुपर्नेमा उहाँको जोड थियो ।

गैंडाकोट वडा न. १ का वडा अध्यक्ष एवं बालमैत्री स्थानिय शासन वडा समिति अध्यक्ष हरिप्रसाद सापकोटाले हरेक कार्यक्रम र योजना बालबालिकाकै सहभागितामा छनोट गर्ने र उहाँहरुकै निर्णयमा कार्यक्रम सञ्चालन गर्ने पद्धतिको विकास गरेको बताउनुभयो । वडाको बजेट निर्माण गर्ने क्रममा बालबालिकालाई विनियोजन गरेर मात्र अन्य क्षेत्रमा बजेट बजेट छुट्याइएको बताउँदै बालबालिका गरिएको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने उहाँको भनाई थियो ।

वडा अध्यक्ष हरिप्रसाद सापकोटाको अध्क्षयतामा सम्पन्न कार्यक्रमको सहजीकरण बाल संरक्षण समिति सदस्य जगन्नाथ उपाध्यायले र वडा स्तरीय बाल क्लब सञ्जाल अध्यक्ष कृष्ण प्रसाद पौडेलले स्वागत गर्नु भएको थियो ।

 

कार्यक्रममा सरस्वती निकेतन बाल शिक्षा सदनका प्रधानाध्यापक लक्ष्मण कंडेल, नवकोपिला बाल क्लवका संरक्षक कृष्णराज भट्टराई ,नेपाल राष्ट्रिय शमसेर माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्टराई,शुभ टोल महिला समूहकी अध्यक्ष निशा पाटा,आदर्श टोल विकास संस्थाका अध्यक्ष लालमणि पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply