दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालकको सनाखत

0

गैँडाकोट, पौष २६ । पूर्व पश्चिम राजमार्गको मध्यविन्दु ७ चोरमारमा भएको दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालकको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन खाँणका अनुसार मध्यबिन्दु ९ मझुवा बस्ने बर्ष १८ का यम प्रसाद ढेँगा मगरको मृत्यु भएको हो ।

हिजो दिउसो पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी २२ एटी १०८७ नम्बरको टेलर(लहरी) सोही दिशा तर्फ जाँदै गरेको ना २१ प ७५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

शब पोष्ट मार्टमको लागी जिल्ला अस्पताल डण्डामा रहेको र दुबै सवारी साधन र ठक्कर दिने टेलर(लहरी) चालक प्रहरीको नियन्त्रणमा रही थप अनुसन्धानको काम भइरहेको खाँणले बताउनुभयो ।

Share.

Leave A Reply