चितवनमा नेपाल राष्ट्रिय सनातन पार्टीको जिल्ला समिति गठन

0

चितवन, पौष २६ । चितवनमा नेपाल राष्ट्रिय सनातन पार्टीे गठन भएको छ ।
हिजो गठन भएको समितिको अध्यक्षमा सुमन उप्रेती चयन भएका छन । पूर्वी चितवनको खैरहनीमा आयोजना गरिएको जिल्ला स्तरीय भेलाले उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दीपक रेग्मी,सचिवमा शिबहरी न्यौपाने,कोषाध्यक्षमा सरस्वती खड्का र जिल्ला सदस्यमा टंक प्रसाद घिमिरे,भगवान श्रेष्ठ,विष्णु प्रसाद शिवाकोटी,कृष्णराम सेढाई,शिबकान्त मैनाली,चेतप्रसाद खरेल,चर्तुभूज तिमिल्सिजा,होमनाथ भण्डारी,गणेश नेपाल,एकराज शिवाकोटी र कलावती चापागाई चयन भएका छन । पार्टीका केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद रिजालले जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको छ ।
सो अबसरमा केन्द्रीय अध्यक्ष रिजालले प्रचिनकाल देखि मान्दै आएको सनातन हिन्दु धर्मको संरक्षण गर्दै नेपालमा हिन्दु राज्य कायम गराउने उद्देश्यले नेपाल राष्ट्रिय सनातन पार्टीको जन्म भएको बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष उप्रेतीले संविधानको रक्षा,भष्टाचार नियन्त्रण,ससासन र सनातन हिन्दु धर्मको संरक्षणको लागि जिल्ला समिति क्रियाशिल भएर लाग्ने बताउनुभयो । उहाँले पार्टीको अस्थित्व जोगाउदै जनपक्षिय काममा समर्पित हुने विश्वास व्यक्त गर्नुभयो । जिल्ला अध्यक्ष सुमन उप्रेतीको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय महासचिव गणेश घिमिरे,केन्द्रीय सदस्यहरु भिमराज सेढाई,रत्नकुमारी ढकाल,समाजसेवीहरु गुणबहादुर विसुराल,महादेब विसुराल र रामप्रसाद सेढाइले मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply