गैँडाकोटका स्वास्थ्य संस्थाहरुको प्रथम चौमासिक समिक्षा सम्पन्न,रतनपुर स्वास्थ्य चौकी सम्मानीत

0

डोलराज रानाभाट, पौष २५, गैँडाकोट । गैँडाकोट नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुको प्रथम चौमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । हिजो देखि सुरु भएको गोष्ठी नगरभित्र रहेका ५ वटा स्वास्थ्य चौकीहरुको प्रथम चौमासिक कार्यहरुको समिक्षा गर्दै आज सम्पन्न भएको हो ।


तथ्याङ्कमा रहेर उत्कृष्ट कार्य गरेकोमा रतनपुर स्वास्थ्य चौकीलाई सम्मान गरिएको छ । नगरभित्रको विकट क्षेत्रमा रहेरपनि तथ्याङ्क अध्यावधिक गर्ने र सोही अनुसार योजनागत विकास गरेको भन्दै सम्मान गरिएको नगरस्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा प्रस्तावित नगरअस्पतालका प्रमुख एवम कार्यक्रमका सभापति डा रमेश प्रसाद आचार्यले रतनपुर स्वास्थ्य चौकीका प्रमुख पुष्प श्रेष्ठलाई प्रसंसा पत्र प्रदान गर्दै थप सूचकहरुमा सफलता हासिल गर्न बधाई तथा शुभकामना दिनुभएको थियो । कोभिड १९ को समयमा पनि गैँडाकोटका स्वास्थ्यकर्मीहरुको कार्यसम्पादन उत्कृष्ट रहेको भन्दै आगामी दिनमा समाजलाई स्वास्थ्य राख्न थप भूमिका खेल्न शुभकामना दिनुभयो । गोष्ठीले सम्पन्न र सम्पनन हुनवाँकी कार्यको गम्भीर समिक्षा गर्न सघाएको भन्दै कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो ।


सम्मानपछि बोल्दै स्वास्थ्य चौकी प्रमुख श्रेष्ठले खुसी सँगै थप कार्य गर्न हौसला मिलेको र नगरकै कर्णाली भनेर चिनिने गैँडाकोट १८ मा स्वास्थ्य सेवा पुर्याउन थप प्रेरणा सँगै जिम्मोवारी थपिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेले कोरोनाका कारण केही सूचक पुरा हुन नसकेपनि यो विषम परिस्थितीमा सवै स्वास्थ्य चौकीले राम्रो काम गरेको बताउनुभयो । आगामी दिनमा अहिले प्राप्त हुन नसकेका सूचकमा वढि केन्द्रीत हुँदै सफलता मिलेका सूचकहरुलाई निरन्तरता दिने बताउनुभयो ।

 

गोष्ठीमा सहभागीको तर्फबाट बोल्दै पितौजी स्वास्थ्य चौकीका हेल्थ असिटेण्ट माधव आचार्यले बर्थिक सेण्टरको सूचक पुरा गर्न भोलि देखिनै योजना बनाएर काम गर्ने बताउँदै गोष्ठी प्रभावकारी बनेको बताउनुभयो । समापन कार्यक्रममा प्रसासकीय अधिकृत एवम सुचना अधिकारी लिलाधर पौडेल लगायतको सहभागीता थियो ।

समापनका दिन कोरोनाको कहरमा पनि अग्रपंक्तिमा खटिएर काम गर्ने स्वाव सकलक, एम्वुलेन्स चालक स्वास्थ्यकर्मी लगायत सवैलाई सामुहिक तालि बजाएर सम्मान समेत गरिएको थियो ।

Share.

Leave A Reply