गैँडाकोट ११ मा न्यायीक सचेतना कार्यक्रम सम्पन्न

0

गैँडाकोट, पौष २४ । गैँडाकोट नगरपालिका वडानम्वर ११ मा न्यायीक सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।

गैंडाकोट नगरपालिका उपप्रमुख एवम् न्यायीक समिति संयोजक बिष्णु कुमारी कंडेल सापकोटाले ०७६/०७७ को कार्यक्रम भएता पनि कोराना भाइरसले गर्दा केही समय पछिलाई आयोजना गर्न बाध्य रहेको बताउनुभयो ।

 

गैँडाकोट नगरपालीकामा रहेको न्यायीक समितिले कसरी काम गर्छ र के काम गर्छ भन्ने बिषयमा जानकारी गराउन यो कार्यक्रम संचालन गरेको बताउदैँ मेलमिलापकर्ताले आफ्नो समुदायमा भएका घटनाको निष्पक्ष रुपमा मिलाउने काम गर्न सुझाव दिनुभयो ।

गैंडाकोट नगरपालिका ११ का वडा अध्यक्ष गोबिन्द प्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा गैँडाकोट ११ का ६५ जना महिलाको सहभागीता रहेको थियो ।

 

कार्यक्रममा गैंडाकोट नगरपालिका प्रशासकीय अधिकृत एवम् स्रोत व्यक्ति पुष्पराज शर्माले प्रशिक्षण दिनुभएको थियोे भने स्वागत मतव्य न्यायीक समिति सदस्य छविकला पाण्डेले राख्नुभएको थियो ।

कार्यक्रममा न्यायिक समिति सदस्य सुरेन्द्रप्रसाद रेग्मी, महिला जनप्रतिनिधिहरु, मेलमिलाप सहजकर्ता गिता न्युरे सापकोटा, गैंडाकोट ११ का मेलमीलापकर्ता लगायतको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply