गैंडाकोटका स्वास्थ्य संस्थाहरुको प्रथम चौमासिक समिक्षा गोष्ठि

0


प्रेम क्षेत्री
पुस २४, गैंडाकोट । गैंडाकोट नगरपालिका अन्र्तगत स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०७७÷७८ को स्वास्थ्य सूचकहरुको प्रथम चौमासिक समिक्षा गोष्ठि शुरु भएको छ ।
गैंडाकोट नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरुका प्रमुखहरुले आफ्नो कार्यालय अन्र्तगत दिईएका सेवा र अवस्थाबारे जानकारी गराएका थिए । नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखा मातहत गैंडाकोट नगर अस्पताल, गैंडाकोट स्वास्थ्य चौकी, अमरापुरी स्वास्थ्य चौकी, रतनपुर स्वास्थ्य चौकी, गैंडाकोट आयुर्वेद औषधालय, ढोडेनी आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् ।


उनिहरुले नगरपालिकाको आफ्नै वडामा ३ घण्टाको पैदलयात्रा सहितको खोप सेवा दिईएको समेत बताएका थिए । गैंडाकोट १८ मा यस अवधिमा ५ जना सुत्केरी भएका मध्ये उनिहरु सबैजना घरमा नै सुत्केरी भएको पाईएको छ । सवै स्वास्थ्य संस्थामा कोभिड १९ का बाबजुद पनि स्वास्थ्य संस्थामा सेवा लिन पुग्ने नयाँ सेवाग्राही अघिल्ला आर्थिक वर्षको तुलनामा वढि रहेको पाईएको थियो ।
कार्यालय प्रमुखहरुले दिएको रिपोर्ट र अवस्थालाई एकिकृत गरि नगरको वास्तविक अवस्था सार्वजनिक गरिने गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो । सरसर्ती हेर्दा स्वास्थ्य सेवा सन्तोषजनक रहेको उहाँले बताउनुभयो । स्वास्थ्य संस्थाहरुलाई दिईएको लक्ष्य हाँसिल गरेको समेत पाईएको उहाँले बताउनुभयो । उनिहरुले दिएको सेवा र आवश्यकता अनुसार आगामी योजना रणनीति बनाउन सहज हुने उहाँको भनाई छ । गोष्ठि भोलीसम्म चल्ने छ ।

Share.

Leave A Reply