छुट कार्यान्वयनमा प्रतिवद्ध रहेको भन्दै ढुक्क भएर सौराहा घुम्न अध्यक्ष भट्टराईको आह्वान (अन्तरवार्ता )

0

गैँडाकोट,पौष २४ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले सौराहामा आउने आन्तरिक पर्यटकलाई छुट दिएको बताउनुएको छ ।

होटलको स्तरअनुसार सौराहामा घुम्न आउने पर्यटकलाई २० देखि ४० प्रतिशत छुट दिएको जानकारी दिनुभयो । यदि कुनै व्यवसायीले छुट नदिएको गुनासो संघमा गरे तत्काल कार्यान्वनय गराइने र ढुक्क भएर सौराहा घुम्न उहाँको आग्रह छ ।

आन्तरिक पर्यटक बढाउन, सौराहाका सवै व्यवसायि, स्थानीय सरकार, जिल्ला समन्वय समिति लगायतको सक्रियतामा घुमौँ सौराहा अभियान संचालन गरेको र यो प्रभावकारी देखिएको उहाँको भनाई छ ।

अहिले दैनिक ५ सय देखि ६०० सम्म पर्यटक आउने गरेका छन् । कोरोना र लकडाउनले असर पुर्याएको पर्यटन क्षेत्र उकास्न सौराहाका व्यवसायिहरु सक्रिय भएका हुन् ।

भर्खरै मात्र आन्तरिक पर्यटन पुनउत्थान समितिको सदस्यमा समेत मनोनित हुुनुभएका भट्टराइले हप्ताको २ दिन विदा दिने नीति कार्यान्वयनमा आए अझ पर्यटक बढ्ने बताउनुभयो ।

अव छिट्टै निकुञ्जसँग सहकार्य गरेर पर्यटकहरुलाई लामो समय टिकाउने गरी टिकटको मिति बढाउनेतर्फ छलफल भइरहेको र त्यसवारे निकुञ्ज सकारात्मक रहेको भट्टराइले बताउनुभयो ।

थप छलफल पछि त्यसको टुँगो लाग्ने बताउनुभयो ।

सुन्नुहोस् कुराकानी

https://www.facebook.com/vijayafm/videos/2756309171351633

 

Share.

Leave A Reply