नवलपुरका थप ४ स्थानीय तहमा १० र १५ बेडको अस्पताल बन्ने

0

गैँडाकोट, पौष २३ । नवलपुर जिल्लाका थप ४ स्थानीय तहमा अस्पताल बन्ने भएको छ । अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले विवरणहरु माग गरेको छ । उक्त विवरण बुझाएपछि थप अनुगमन पछि आगामी आर्थिक वर्ष २०७८/०७९ मा भवन निर्माणका लागि बजेट विनियोजन हुने भएको हो । चालु आर्थिक वर्षमा पनि जग्गा छनौट पछि डिपिआर बनाउन रकम दिने मन्त्रालयले जनाएको छ ।माग बमोजिमको विवरण पेश गर्न सके कावासोतीमा १५ बेडको , बुलिङ्टारमा १०, विनयी त्रिवेणीमा १० र हुप्सेकोटमा १५ बेडको अस्पतालका लागि आवश्यक कागजात पठाउन मन्त्रालयले भनेको छ ।

हेर्नुहोस थप विवरण

No photo description available.

No photo description available.

No photo description available.

Share.

Leave A Reply