मुकुन्दसेन वनमा नयाँ नेतृत्व, अध्यक्षमा चर्तुमान प्रधान

0


प्रेम क्षेत्री
पुस २३, गैँडाकोट । मुकुन्दसेन सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट १० को १७औँ वार्षिक साधारण सभा तथा ८औं अधिवेशनले १५ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको अध्यक्षमा चर्तुमान प्रधान सर्वसम्मत चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा यजुनाथ जैसी, सचिवमा रामुकान्त अर्याल, कोषाध्यक्षमा तुलसी गैरे सुवेदी, सह–सचिवमा मेघराज सुवेदी रहनुभएको छ । सदस्यहरुमा यमलाल खराल, सन्तु परियार, धनबहादुर गुरुङ, सिता पाठक ढकाल, अम्बिका कुमारी रानाभाट, खेमराज सापकोटा, विष्णुप्रसाद ढकाल, डम्बरबहादुर आले, दिपा सापकोटा र घनश्याम कंडेल चयन हुनुभएको छ ।
त्यस्तै लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा बासुदेव गैरे, सदस्यहरुमा रामप्रसाद ज्ञवाली र लालबहादुर आले चयन हुनुभएको हो । समितिको कार्यकाल ४ वर्षको रहने छ ।


नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा ९ जना, उपाध्यक्षमा ६ जना, सचिवमा ८ जना, कोषाध्यक्षमा ७ जना र सदस्यहरुमा २९ जनाले ईच्छा जाहेर गरेपनि सर्वसम्मत नयाँ कार्य समिति चयन गरिएको वनका संस्थापक अध्यक्ष एवं निर्वाचन समिति संयोजक चन्द्रदत्त जैसीले जानकारी दिनुभयो ।
शनिबार समूहको कार्यालय परिसरमा पदभार ग्रहण गरेपछि नव निर्वाचित अध्यक्ष चर्तुमान प्रधानले सबैको सहयोगको अपेक्षा गर्दै वन संरक्षण लगायतका कार्यक्रम गरिने बताउनुभयो ।


नयाँ सञ्चालक समितिलाई बधाई तथा पद हस्तान्तरण कार्यक्रममा वनका पूर्व अध्यक्ष एवं गैंडाकोट १० का वडा अध्यक्ष देविदत्त कंडेलले वडासँगको सहकार्यमा सामुदायिक विकास लगायतका कार्यक्रम गर्नुपर्ने प्रावधान रहेकाले सहकार्य गरेर यहाँको विकासका लागि काम गरिने बताउनुभयो । सव डिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख, सहायक वन अधिकृत सूर्यसिंह गुरुङले वनमा महिला सहभागिता बढाउन सुझाव दिनुभयो । निवर्तमान अध्यक्ष रुद्रप्रसाद अधिकारीले कार्यसमितिले मात्र एक्लै सम्भव नहुने हुँदा उपभोक्ताले पनि सक्रिय सहभागिता जनाएमात्र संरक्षण र विकास हुने भन्दै सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विवि खराल, मनहरी कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


निर्वाचन समिति सदस्य गोपाल श्रेष्ठले सहजिकरण गर्नुभएको सो कार्यक्रममा निर्वाचन समिति सदस्य गंगाप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । ५ सदस्यिय निर्वाचन समिति संयोजकमा चन्द्रदत्त जैसी, सदस्यहरुमा गोपाल श्रेष्ठ, गंगाप्रसाद सापकोटा, नवराज ढकाल, शालिकराम सापकोटा सदस्य रहनुभएको थियो । कार्यक्रम निर्वाचन समिति संयोजक चन्द्रदत्त जैसीको अध्यक्षतामा सम्पन्न भएको हो ।


४९५.२९ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा ९५२ उपभोक्ता घरधुरी सदस्य रहेका छन् ।

Share.

Leave A Reply