आन्दोलन तथा भेलाका समाचारमा राखिने शब्दमा ख्याल राख्न प्रेस काउन्सिलको आग्रह

0

काठमाडौँ, पौष २२ । पछिल्लो राजनीतिक घटनाक्रममा दल तथा नेताहरूबाट प्रयोग भएका भनिएका भाषा, शब्द, आन्दोलनका नारा लगायतका विषयमा प्रकाशित÷प्रसारित समाचारहरूप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।
काउन्सिलले बुधबार एक अपिल जारी गर्दै पत्रकार आचारसंहिता नै प्रभावित हुनेगरी सामग्रीहरू प्रचारप्रसार भइरहेको देखिएको जनाएको छ ।

‘कुनै बैठक तथा सभाहरूमा बोल्ने क्रममा प्रयोग भएको भनिएका भनाइ, भाषा, शब्द, सडकमा लागेका उच्छृङ्खल र अमर्यादित नारासमेतमा आधारित भई सम्मानित संस्था, व्यक्ति र नागरिकहरूको मर्यादामा समेत आँच पुग्ने गरी मूल शीर्षक बनाई, तोडमरोड गरी नकारात्मकतालाई मद्दत पु¥याउने किसिमबाट सञ्चार माध्यमहरूबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) विपरीत सामग्रीहरू प्रचारप्रसार भइरहेको देखिएकाले यसप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’ उप–प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराद्धारा जारी अपिलमा भनिएको छ ।

काउन्सिलले बैठक भेला तथा आन्दोलनका समाचार सम्प्रेषण तथा प्रचारप्रसार गर्दा अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पु¥याउने गरी सम्प्रेषण नगर्न भनेको छ ।

 

No description available.

Share.

Leave A Reply