पञ्चेबाजा सहितको भव्य कार्यक्रमकावीच रजहर जेसीजको पदस्थापना

0

डोलराज रानाभाट, पौष २१ ।
रजहर जेसीजको छैठौँ पद स्थापना कार्यक्रम सम्पन्न भएको छ ।

पञ्चेबाजको धुन सहित वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाललाई समेत भव्य स्वागत गरिएको उक्त कार्यक्रममा रजहर जेसीजका वर्ष २०२० का अध्यक्ष राजन गौतमले वर्ष २०२१ का अध्यक्ष राजु केसीलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।


राष्ट्रिय अध्यक्ष खनालको प्रमुख आतिथ्यतामा धुसेरी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा बोल्दै वर्ष २०२० का अध्यक्ष गौतमले चुनौतीका बावजुतपनि संस्थाको सामाजिक कार्यलाई नरोकेको बताउनुभयो । रजहरको प्राकृतिक चिकित्सालयमा रहेका कोरोना संक्रमितलाई सहयोग देखि लकडाउनले आकुलव्याकुल भएका जनताको चुलो निभ्न नदिने गरी १०० बढि घरमा राहत वितरण लगायतका कार्य गरेको बताउनुभयो । साथै वर्ष २०२१ मा आफूलाई रािष्ट्रय उपाध्यक्षमा निर्वाचित गराउन भूमिका खेल्ने आफ्नो नेतृत्वको कार्यसमिति सहित सवैलाई धन्यवाद दिनुभएको थियो ।

पुर्व अध्यक्ष सन्तोष थापा संयोजक रहेको निर्वाचन समितिले अध्यक्षमा राजु केसी, कार्यकारी उपाध्यक्षमा शोभा मुखिया, भानुभक्त पौडेल, कानुनी सल्लाहकारमा इश्वर बहादुर लोहनी, महासविचमा दुर्गा काफ्ले, कोषाध्यक्षमा रमेश तिमिल्सेना, उपाध्यक्षमा अर्जुन कडेँल, सुष्मा थापा, माधव सुवेदी र यमनाथ गौतमलाई चयन गरेको छ । सवैजनाले आज नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । शपथ पछि बोल्दै रजहर जेसीजका अध्यक्ष केसीले युवाहरुलाई जागिर खाने वातावरणबाट रोजगारी सृजना गराउने गरी योजनाहरु ल्याउने बताउनुभयो। साथै केन्द्रबाट दिएका निर्देशनहरुको पूर्णरुपमा पालना गर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले जेसीज तालिम केन्द्र समेत भएकाले सैद्धान्तिभन्दा व्यसायिक तालिम प्रदान गरी युवाहरुलाई रोजगार दिलाउने बताउनुभयो ।

कार्यक्रममा स्थानीय समाजसेवी र युवाहरुलाई पुरस्कृत एवम मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यकारी उपाध्यक्ष भानुभक्त पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा देवचुली १६ का वडाअध्यक्ष केशरबहादुर क्षेत्री, नेपाल जेसीजका कानुनी सल्लाहकार गोकुल सापकोटा, रजहर जेसीजका संस्थापक अध्यक्ष सुलोचना कुँवर, वर्ष २०१८ का अध्यक्ष चित्रध्वज जिसी, गैडाकोट जेसिज वर्ष २०२० का अध्यक्ष सुशिल काफ्ले लगायतले सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

Share.

Leave A Reply