नवलपुरमा मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टिदा एकजनाको मृत्यु

0

गैँडाकोट, पौष २१ । नवलपुर जिल्लाको कावासोतीमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार हिजो कावासोती नगरपालिका वडा नम्वर ११ पिठौलीको भित्री सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टिएको हो ।

उत्तर बाट दक्षिण तर्फ जादै गरेको लु ६०प ४०३७ नंम्बरको मोटर साईकल पल्टँदा मोटर साईकल चालक सोही ठाउँ बस्ने दिल बहादुर बराम घाइते पछि उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेको सुचना अधिकारी प्रहरी नायक उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

उक्त मोटर साईकल पछाडी सवार सोही ठाउँका वडा नं. १२ बस्ने सिमा महत्तोको सोही अस्पतालमा उपचार भई रहेको, र अवस्था मध्यम रहेको खाँणले बताउनुभयो ।

Share.

Leave A Reply