संसद विघटनपछि देश डरलाग्दो संकटतर्फ : नेता भुसाल

0

डोलराज रानाभाट,गैँडाकोट, पौष २० । नेकपाका स्थायी कमीटी सदस्य एवम् पूर्व कृषि मन्त्री घनश्याम भुसालले संसद विघटनपछि देश गम्भिर संकटतर्फ रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । अन्तराष्ट्रिय कानूनमा समेत नभएको व्यवस्था राखेर नयाँ संविधान जारी गरी देशमा स्थिरता ल्याउने सपना देखेपनि प्रधानमन्त्री ओलीले गम्भिर असवैधानिक कदम चालेको भुसालको तर्क थियो ।


प्रधानमन्त्री ओलीले अहिलेको जसरी प्रतिनिधि सभा विघटन गर्नै नमिल्ने बताउँदै मन्त्री भुषालले गणतन्त्र नेपालको संविधानलाई नै खतरामा पारेका कारण आन्दोलनमा होमिनु परेको बताउनुभयो ।

भेलालाई सम्वोधन गर्दै मन्त्री भुषालले भन्नुभयो,“संविधान ऊन को स्वीटर जस्तै हो । एक ठाउँबाट फुकाउन सुरु भए सवै छुट्टिन्छ । अहिले प्रधानमन्त्री ओलीले चलाएपछि अवका व्यक्तिहरुबाट पनि त्यही हुन्छ, यही हो अहिलेको खतरा । देशी विदेशी अर्को अदृश्य शक्तिले देशमा खेल्ने वातावरण पाउँछ र नसोचेको अवस्थामा पुग्छ । त्यसैले त्यो सच्चिन पर्छ र सवै यसमा एकवद्ध हुनुपर्छ ।”

साथै उहाँले संविधानमै नभएको कदम ओलीले चालेका कारण संसद पुनस्थापनाको विकल्प नभएको बताउनुभयो । प्रचण्ड–नेपाल समूहको नेकपा नवलपुरका आयोजनामा भएको जिल्ला स्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै आज भुसालले पार्टी एकता, देशलाई बचाउन पनि संसद पुनस्थापनाको विकल्प नभएको बताउनुभएको हो ।

नेता भुसालले संसद विघटनको प्रस्ताव लैजाँदा मन्त्री परिषदमा प्रधानमन्त्री केपी शर्मा ओली मात्र विघटनको पक्षमा रहेको अन्य सबै मन्त्री विपक्षमा रहेको समेत खुलासा गर्नुभयो ।

Share.

Leave A Reply