भृकुटी कारखानाका मजदुरले आन्दोलन गर्ने

0


माया कंडेल, गैँडाकोट । गैँडाकोटमा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड (भृकुटी कागज कारखाना) का मजदुर फेरि आन्दोलन गर्ने भएका छन् । कारखाना बन्द भएको एक दशक भइसक्दा पनि आपूmले पसिना बगाएको मूल्य नपाएपछि उनिहरुले आन्दोलन गर्ने भएका हुन् । पटक पटक भएका सहमतिअनुरुप आपूmहरुले पाउनुपर्ने ज्याला लिन उनीहरु संघर्षमा जान लागेका हुन् ।


सोमबार भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड (भृकुटी कागज कारखाना) को अगाडि उपस्थित सयौं मजदुरले आन्दोलनमा जाने निर्णय लिएका छन् । बृहत् छलफल कार्यक्रममा अधिकांशले आन्दोलन गर्नुपर्ने आवाज उठाए पनि आन्दोलनको स्वरुपबारे भने अर्को छलफलबाट टुंगो लगाउने गैँडाकोट ५ का वडा सदस्य एवम मजदुर नेतासमेत रहनुभएका हरिप्रसाद ढकालले बताउनुभयो । आपूmहरुले गरेको मेहनतको फल पाउनुपर्ने र यसका लागि बृहत् छलफल र योजनाका साथ अगाडि आउने उहाँको भनाइ छ ।


बृहत् छलफल कार्यक्रममा टे«ड युनियनका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले मजदुरले पाउनुपर्ने रकम दिनुपर्ने बताउनुभयो । भृकुटी पीडित मजदुर संघर्ष समितिका संयोजक दर्शन सापकोटाले आन्दोलन निर्णायक हुनुपर्ने बताउनुभयो । मजदुर नेता हेमराज खनालले सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै सबै मजदुर एकजुट हुनुपर्ने बताउनुभयो ।
सबै मजदुर एकजुट भएर एकरुपताका साथ के गर्न सकिन्छ भनेर दबाव दिन अर्को सातासम्म योजना बनाइने पनि बताइएको छ ।

Share.

Leave A Reply