गैंडाकोट जेसिज वर्ष २०२१ को अध्यक्षमा सापकोटा

0

अजय पौडेल, पौष १९, गैँडाकोट । गैँडाकोट जेसिजको अध्यक्षमा दया सापकोटा चयन हुनुभएको छ । १५ औं साधारणसभा तथा १४ औं अधिवेशनले सापकोटालाई वर्ष २०२१ को अध्यक्षमा चयन गरेको हो । नयाँ कार्यसमितिको कार्यकारीणी उपाध्यक्षमा दिपक सापकोटा , मदन सापकोटा, महासचिवमा राजेश पौडेल,कोषाध्यक्षमा हरी पौडेल,उपाध्यक्षमा श्याम बन,क्षितिज आचार्य,सुदर्शन भुसाल, बिपिन सापकोटा,सह सचीवमा गौरी पौडेल र सह कोषाध्यक्षमा पवन कार्की चयन भएको निर्वाचन आयुक्त भानु रिमालले जानकारी दिनुभयो ।
उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथि तथा गैंडाकोट जेसिजका संस्थापक अध्यक्ष बद्री सापकोटाले जेसिजले अझै समाजमा सामाजिक सकारात्मक कार्य गर्दै आम नागरिक समक्ष पुग्ने गरि काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पुर्ब अध्यक्षहरुले गैंडाकोट जेसिजको आगामी यात्रा सुखर र उज्ज्वल होस भनी शुभकामना दिनुभयो ।
साधारणसभामा बर्ष २०२० का महासचिव,कोषाध्यक्ष ,कार्यकारीणी उपाध्यक्ष तथा उपाध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिबेदन सर्बसम्मत पारित भएको थियो । गैंडाकोट जेसीजका अध्यक्ष सुशील काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव शंकर अधिकारीले गर्नुभएको थियो ।।

Share.

Leave A Reply