गैँडाकोट ९ मा न्यायीक सेचतना, निष्पक्ष भएर विवाद मिलाउन सुझाव

0

पबित्रा पराजुली, गैँडाकोट, पौष १९ । गैँडाकोट नगरपालिका वडानम्वर ९ मा न्यायीक सचेतना कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथि गैंडाकोट नगरपालिका न्यायीक समिति संयोजक एवम उप–प्रमख बिष्णु कुमारी कंडेल सापकोटाले ०७६/०७७ को कार्यक्रम भएपनि कोराना भाइरसले गर्दा केही समय पछि आयोजना गर्न बाध्य रहेको बताउनुभयो ।

अघिल्लो बर्षको कार्यक्रम संचालन गर्न नसकिएको ८ वटा वडामा यसबर्ष संचालन गरेको उहाँले जानकारी दिनुभयो । गैँडाकोट नगरपालिकामा रहेको न्यायीक समितीले कसरी काम गर्छ, के काम गर्छ ? आफूलाई परेको समस्याबारे कसरी उजुरी गर्ने आदि बिषयमा जानकार गराउन उक्त कार्यक्रम संचालन गरेको बताउदैँ कंडेलले मेलमिलापकर्ताले आफ्नो सामुदायमा भएका घटनाको निष्पक्ष रुपमा मिलाउन सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुषालले अन्य स्थानीय तहमा रहेको न्यायीक समिति भन्दा गैँडाकोट नगरपालिका भित्र रहेको न्यायीक समितिको काम र प्रगतीको हिसाबले अगाडी रहेको बताउनुभयो ।

गैंडाकोट नगरपालिका वडा नम्वर ९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गैँडाकोट ९ का ६० जना महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गैंडाकोट नगरपालिका प्रशासकीय अधिकृत पुष्पराज शर्माले प्रशिक्षण दिनुभएको थियोे भने न्यायीक समिति सदस्य सुरेन्द्र प्रसाद रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply