मिनीमार्टको दोस्रो शाखा गैँडाकोट २ शिलान्यास चोकमा

0


पबित्रा पराजुली
गैंडाकोट । विजयश्री उपभोक्ता सहकारी संस्था लिमिटेडले मिनीमार्टको दोस्रो शाखा गैँडाकोट २ सिलान्यास चोकमा शनिवार उद्घाटन गरेको छ । विजयश्री उपभोक्ता सहकारी संस्थाले आफ्नो ५औँ वार्षिक साधारण सभाका अवसरमा मिनीमार्टको उद्घाटन गरेको हो । गण्डकी प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपालीले मिनीमार्टको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका नेपालीले देशको अर्थतन्त्र बलियो बनाउनका लागि सहकारीलाई अगाडी बढाउन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।


विजयश्री उपभोक्ता सहकारी संस्थाका अध्यक्ष हरिलाल सापकोटाले विजयश्री उपभोक्ता सहकारीले स्थानीय उत्पादनलाई जोड दिएको र आगामी दिनमा पनी यसलाई निरन्तता दिदै जाने बताउनुभएको छ । उहाँले आगामी आर्थिक बर्षभित्र गैँडाकोट क्षेत्रमा मिनि मार्ट संख्या बृद्धि गरी सातवटा पु¥याउने र २०८० सालभित्र सुपर मार्टको समेत स्थापना गर्ने लक्ष्य लिएर संस्था अगाडी बढेको बताउनुभयो । त्यस्तै गैँडाकोट नगरपालिकाकी उप प्रमुख बिष्णु कुमारी कंडेलले अब सहकारीले उपभोक्ताको चाहाना अनुसार एकै प्रकारको नभई फरक–फरक सेवामुलक काम गर्नुपर्ने बताउनुभयो ।


विजय विकास स्रोत केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले मिनिमार्टको सफलताको कामना गर्दै गुणस्तरिय सेवामा जोड दिनुभयो ।
प्रवद्र्धक संस्था विकू बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले स्थानीय उत्पादनलाई जोड दिएमा रोजगारीसमेत सिर्जना हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विजयश्री उपभोक्ता सहकारी संस्थाका संस्थापक उपाध्यक्ष तथा प्रवद्र्धक संस्था विकू साकोसका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले संस्था अब प्रविधीमैत्री हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उद्योग बाणिज्य संघ नवलपुरका महासचिव छबिलाल कंडेलले सबै सामान एकै ठाउँमा पाउँदा उपभोक्ताको समय बचत हुने कुरामा जोड दिनुभयो । गैँडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ध्रुव पौडेलले संस्थाको सफलताको कामना गर्नुभयो ।


कार्यक्रममा संस्थाका सचिव पार्वती गौडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रविधिमैत्री बनाउँदै लगिने बताउनुभयो । विकूसँगको सहकार्यमा नगद रहित सपिङ कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । त्यस्तै कोषाध्यक्ष लक्ष्मीप्रसाद कंडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २८४ सदस्य रहेको बताउँदै शेयर पूँजी १ करोड ४५ लाख, ७९ हजार १ सय पुगेको बताउनुभयो ।
लेखा तथा सुपरिवेक्षण समिति संयोजक आनन्द चालिसेले कोरोना प्रभावमा मार्जिन कम गरि सामाग्री बिक्रि गरेको पाईएको बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गोपीनाथ खरेलले राख्नुभएको थियो ।

Share.

Leave A Reply