स्वतन्त्र भुतपूर्व सैनिक बचत तथा ऋण सहकारीको अध्यक्षमा छन्त्याल

0

गैँडाकोट, पौष १७ ।  स्वतन्त्र भुतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज दसौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन भएको छ । अधिबेशनले भुपालसिंह छन्त्याल थापाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रामभक्त लम्साल, सचिवमा बेदबन्धु रेग्मी, कोषाध्यक्षमा तमबहादुर क्षेत्री, र सदस्यहरुमा फुलुमाया पराजुली, खगेन्द्र कर्ण शाही, तर्कबहादुर थापा, राम बहादुर सापकोटा क्षेत्री, हर्कबहादुर घर्ती, सरस्वती पोखरेल, तोया गैरे चयन हुनुभएको छ । यस्तै लेखा समिति संयोजकमा दुर्गाबहादुर पुन र सदस्यहरुमा शेषकान्त रेग्मी, दुर्गादत्त गौतम चयन हुनुभएको छ ।
त्यस्तै भुतपूर्व सैनिक जनकल्याणकारी संस्थाको तेहै बार्षीक साधारण सभा तथा चौथो अधिबेशन आज भएको छ । अधिबेशनले गुरुबहादुर थापाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शेरबहादुर कार्की, सचिवमा तर्कबहादुर थापा, कोषाध्यक्षमा बेद बहादुर रोकाया, सहसचिवमा टिकानिधि शर्मा र सदस्यहरुमा लछुराम दर्जी, बिरमान श्रेष्ठ, नगेन्द्र बहादुर कार्की, लोक बहादुर केसी, रुद्रबहादुर कार्की क्षेत्री, डिल्ली प्रसाद सिग्देल चयन हुनुभएको छ ।
यस्तै भुतपूर्व सैनिक महिला समुहको पनि अधिबेशन आज भएको छ । अधिबेशनले पार्वती भण्डारीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा गिता क्षेत्री, सचिवमा शोभा ढकाल, कोषाध्यक्षमा संगिता अर्याल, सहसचिवमा निशाा पाटा मगर र सदस्यहरुमा धनु सिग्देल, बबिता थापा, राधिका कार्की, सिता गुरुङ, कल्पना क्षेत्री, चन्द्रमाया बस्नेत, चन्द्रा भण्डारी, नर्मदा शर्मा, बिमला अधिकारी, पबित्रा सिग्देल चयन हुनुभएको छ ।
साथै आज द फेमली जक्शन एण्ड पार्टी प्यालेस गैडाकोट ४ मा एउटै कार्यक्रमका बिच भुतपूर्व सैनिक जनकल्याणकारी संस्था, स्वतन्त्र भुतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भुतपूर्व सैनिक महिला समुहको साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका सहकारी अधिकृत देवेन्द्र गौतम प्रमुख अतिथी रहनुभएको थियो । उहाँले सहकारीलाई सरकारले नितिगत महत्व दिएपनि व्यवहारमा भने त्यस्तो नदेखिएको बताउनुभएको छ । साथै भुतपूर्व सैनिकले छोटो समयमा नै उल्लेखनिय काम गरेको र यसरी नै अगाडी बढन आग्रह गर्नुभएको छ । उहाँले गैंडाकोटमा सहकारीको आफ्नै ऐन नबनेको र बनाउने प्रक्रियामा रहेको पनि बताउनुभयो ।
अधिकतम शेयर खरिद गर्नेलाई सम्मान र अनय बिधिामा पनि शेयर सदस्यलाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमको अध्यक्षँता ग्रहण गर्नुभएका भुपालसिंह छन्त्याल थापाले पैसा बेचेर पैसा कमाउने संस्था भएको भएपनि संस्थाको पैसा बिक्रि हुन नसकेको बताउनुभयो । उहाँले सदस्यलाई राम्रो योजना लिएर आएर लगानी गर्न पनि आग्रह गर्नुभएको छ ।
कार्यक्रमका बिशिष्ट अतिथीमा सहकारी समन्वय मञ्चका अध्यक्ष वेदप्रसाद गौंडेल रहनुभएको थियो । स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थ लि.का सचिव बेद बन्धु रेग्मीले दशौं वार्षिक साधारणसभा तथा अधिबेशनमा प्रस्तावित कार्यक्रमहरु सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैगरि स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थ लि.का कोषाध्यक्ष तमबहादुर क्षेत्रीले दशौं वार्षिक साधारणसभा तथा अधिबेशनमा प्रस्तावित कार्यक्रमहरु सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भुतपूर्व सैनिक महिला समुहको प्रतिवेदन अध्यक्ष पार्वती भण्डारीले प्रस्तुत गर्नुभएको थियो । भुतपूर्व सैनिक जनकल्याणकारी संस्थाको प्रगति प्रतिबेदन संस्थाका कोषाध्यक्ष शेरबहादुर कार्कीले प्रस्तुत गर्नुयो भने संस्थाको सचिवको प्रतिवेदन कार्यवाहक सचिव तर्कबहादुर थापाले प्रस्तुत गर्नुभएको थियो ।
स्वतन्त्र भुतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लेखा समितिको प्रतिबेदन लेखा संयोजक दुर्गाबहादुर पुनले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रामभक्त लम्साल र संचालन व्यवस्थापक शिव पौडेलले गर्नुभएको थियो ।

Share.

Leave A Reply