३५ लाखमा भगवान वराहको कलात्मक शैलीमा मन्दिर बनाइदै

0

गैँडाकोट, पौष १७ । भगवान वराहको मन्दीर कलात्मक शैलीमा निर्माण गरिने भएको छ । गैँडाकोट नगरपालिका वडानम्वर १ धारापानीमा बन्ने उक्त मन्दिरको हिजो शिलान्यास गरिएको छ । भगवान वराह दिव्य धाम श्वेत वराह मन्दिर सेवा समितिले ३५ लाख रुपैयाको लागतमा मन्दिर निर्माण गर्ने अध्यक्ष बेदप्रसाद गौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १ वर्षभित्र मन्दिर निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी धार्मीक एवं सामाजिक व्यक्तित्व यमनारायण चालिसेले शिलान्यास गर्दै यसले गैँडाकोट १ मा धार्मिक पर्यटक बढाउन सहयोग पुग्ने बताउनुभयो । सो अवसरमा मन्दिर निर्माणका लागि मनकारी एवम धार्मिक भावले सुसंस्कृत यमनारायण चालिसे र हिरा चालिसेले रू ५ लाख १ हजार १११ सहयोग गर्नु भएको मोति चालिसेले जानकारी दिनुभयो ।

Image may contain: 4 people, people standing and outdoor

गौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव परमानन्द चालिसेले गर्नुभएको थियो । शिलान्यसा कार्यक्रममा वडाध्यक्ष हरिप्रसाद सापकोटा, धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष सालिकराम सापकोटा, मौलाकाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष काशीनाथ कँडेल, सल्लाहकार महेन्द्र भक्त अधिकारी, समाजसेवी विष्णुहरी रिमाल, कालिका संस्कृत विद्यापिठका सहप्राध्यापक रामचन्द्र कंडेल लगायतको उपस्थिती रहेको अध्यक्ष गौडेलले जानकारी दिनुभयो ।

Share.

Leave A Reply